विद्यार्थीमाथी यौन दुव्र्यवहार गर्ने दुई शिक्षक पुर्पक्षका लागि थुनामा
काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटनाका आरोपित दुई शिक्षक पुर्पक्षका लागि थुनामा गएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीले कलेजका विद्यार्थीलाई बाल यौन दुरुपयोग गरेको अभियोगमा अभियुक्त द्धयलाई थुनामा राखी अनुसन्धान गर्न आदेश जारि भएको जानकारि दिनुभयो ।
महिनौँ अघिदेखी विद्यार्थीमाथी दुव्यवहार हुँदैआएपनि गत जेठ १० गते विद्यार्थीहरुले घटना बाहिर ल्याएका थिए । निरन्तरको विद्यार्थी आन्दोलन र प्रहरीमा परेको उजूरीसँगै आरोपित शिक्षक द्धय पक्राउ गरिएका थिए । पीडित विद्यार्थीलाई शिक्षकले बिहे गरेपछि बुढीसँग तीन महिनामात्रै रमाइलो हुँदो रहेछ विल यु बि माई सेक्स पार्टनर भन्दै अफर गर्ने, भाग्न खोज्दा टेबलमा रेस्टिकेट पेपर राखेर कसैलाई भनिस् भने रेस्टिकेट गरिदिन्छु भन्दै धम्क्याउने गरिएको थियो ।
तपाईको प्रतिक्रिया