Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsहिड्दा धक्का दिएको भन्दै सिड्नीमा कुटाकुट । एक नेपाली गम्भिर घाईते, अर्का हिरासतमा

हिड्दा धक्का दिएको भन्दै सिड्नीमा कुटाकुट । एक नेपाली गम्भिर घाईते, अर्का हिरासतमा


सिड्नी
आपसी विवादमा कुटाकुट हुदा सिड्नीमा एक नेपाली युवा गम्भिर घाईते भएका छन् ।
मुक्का प्रहारबाट २२ वर्षीय नेपाली युवकको टाउकोमा रगत जमेको छ । उनको सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था सुधारउन्मुख रहेको बताइएको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा २५ वर्षीय अर्का नेपाली युवक प्रहरी हिरासतमा छन् ।
घटना आईतबार साझ सिड्नीको जर्ज स्ट्रिटमा भएको थियो ।

कसरी भयो कुटाकुट

आइतबार साझ दुइ नेपाली युवक सिड्नीको जर्ज स्ट्रिटमा हिडिरहेका थिए । अर्को तिरबाट दाजुभाई समेत रहेका अर्का दुइ युवा आइरहेका थिए । हिड्ने क्रममा नेपाली युवक र ती अर्का युवकबिच आपसमा ठोक्किए । भुलवस ठोक्किदा सुरु भएको विवाद कुटाकुटमा परिणत भएको  एनएसडब्लु प्रहरीले जनाएको छ । पक्राउ परेका ती दुइ युवक धरौटीमा रिहा भएका छन् । भने नेपाली युवक भने अझै प्रहरी हिरासतमा छन् ।

घटना बारे गैर आवासिय नेपाली संघ अष्ट्रेलियासमेत जानकार छ । संघ उपाध्यक्ष तथा एनएसडब्लु संयोजक नन्द गुरुङले पक्राउ परेका युवकको मामासंग निरन्तर सम्पर्कमा रहेको बताउनुभयो ।
“हामी घटनाको वास्तविकता बुझिरहेका छौ” –संयोजक गुरुङले भने – “आवश्यकता परेमा नेपाली युवकलाई कानुनी सहायता गर्ने छौ” ।
अष्ट्रेलियामा नेपालीको संख्या बढेसंगै घटना र दुर्घटनाहरु पनि बढिरहेका छन् ।
केही दिनअघि पनि गोरखा नेपाली समाजको फुटवल प्रतियोगितामा नेपाली खेलाडीहरु एक आपसमा कुटाकुट गरेको भिडियो सार्वजनिक भएपछि निकै आलोचना भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ