Monday, 6 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalअर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा, बिवादमा परेपनि गरे नैतिकताको प्रदर्शन !

अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा, बिवादमा परेपनि गरे नैतिकताको प्रदर्शन !


काठमाडौं । बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराएर ठूला व्यवसायीसँग अनाधिकृत लाभ लिएको आरोप खेप्दैआएका अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । आफूमाथि छानबिन गर्न गठित समितिलाई सहयोग गर्ने भन्दै मन्त्री शर्माले संसद बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुभएको हो ।

प्रतिपक्षी दल एमालेले अर्थमन्त्री शर्माको राजीनामा वा बहिर्गमनको माग गर्दै सम्बोधन बहिष्कार गरेको थियो । अर्थमन्त्री शर्माले राजीनामा माग्ने नागरिक समाजलाई धन्यवाद दिदै आफूले कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ । राजीनामा घोषणा गर्दै मन्त्री शर्माले छानबिनले ल्याएको सत्य तथ्यका अगाडि उपस्थित भएर आफ्नो अभियानलाई अगाडि बढाउँदै देश र जनताको पक्षमा लागिरहने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

छानबिन समितिले आफूमाथी हजारौं छानबिन गरेपनि फरक नपर्ने उहाँको दाबी थियो । मन्त्री शर्माले अनाधिकृत व्यक्ति घुसाएर करका दर लगायतका प्रावधान हेरफेर गरेको भन्दै बिरोधसहित छानविनको माग गरिएपछि आज मात्रै ११ सदस्यीय संसदीय छानविन समिति गठन गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ