Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsगोली प्रहारबाट घाइते भएका जापानी पूर्व प्रधानमन्त्री आबेको उपचारका क्रममा निधन !

गोली प्रहारबाट घाइते भएका जापानी पूर्व प्रधानमन्त्री आबेको उपचारका क्रममा निधन !


काठमाडौं, एजेन्सी । गोली प्रहारबाट घाइते हुनुभएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको उपचारका क्रममा निधन भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा गोली प्रहार गरिनुभएका आबेको उपचारका क्रममा निधन भएको हो ।

नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका उहाँमाथी गोली प्रहार गरिएको थियो । छातीमा गोली लागेर गम्भीर घाइते हुनुभएका आवेलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो । प्राथमिक उपचारपछि प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्याइएको थियो । आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । आबे ६७ वर्षका हुनुहुन्थ्यो । आबेले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हाल्नुभएको थियो ।

आफ्नो कार्यकालमा सुनामी, भूकम्पीय क्षती लगायतका विपद्धपछिको पुननिर्माणमा महत्वपूर्ण योगदान दिएका कारण जापानी नागरिकमाझ उहाँ लोकप्रिय समेत हुनुहुन्थ्यो । सन् २०२० मा प्रधानमन्त्री पद छाडेका सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा आबे अझै पनि प्रभावशाली नेताको रुपमा रहनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ