Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका प्रधानमन्त्रीले भने–आबेको हत्या “आतंकवादी कार्य” !

अष्ट्रेलियाका प्रधानमन्त्रीले भने–आबेको हत्या “आतंकवादी कार्य” !


ब्रिजबेन । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गोली प्रहारबाट मारिनुभएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे “साँचो नेता र साँचो मित्र“ भएको भन्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । प्रधानमन्त्री एन्थोनीले राजनीतिज्ञहरूमाथि यस्ता आक्रमणहरू फेरि हुन सक्ने चेतावनी दिँदै आबेको योगदानको स्मरण गर्नुभएको हो ।

आबेको हत्यालाई “आतंकवादी कार्य“ भएको प्रधानमन्त्री एन्थोनीले बताउनुभयो । प्रधानमन्त्री एन्थोनीले सन २००६ देखी ००७ सम्म र २०१२ देखी २०२० सम्म जापानको प्रधानमन्त्री भएको समयमा आबेले अस्ट्रेलिया र जापान बीचको सम्बन्धमा उल्लेखनीय योगदान दिइएको स्मरण गराउनुभयो । पूर्व जापानी प्रधानमन्त्रीको मृत्यु शोकमा आयोजित कार्यक्रममा उहाँको विरासतको प्रशंसा गर्न र श्रद्धाञ्जलि अर्पण गर्न वर्तमान र पूर्व अस्ट्रेलियाली राजनीतिज्ञहरु साभागि हुनुभएको थियो । छाया गृह मामिला मन्त्री करेन एन्ड्रयूजले अष्ट्रेलियामा समेत यस्तो जोखिम उच्च हुनसक्ने भन्दै सचेत गराउनुभयो ।

आबेले CTPPP जस्ता क्षेत्रीय व्यापार सम्झौताहरू स्थापना गर्न र अष्ट्रेलिया, जापान, संयुक्त राज्य अमेरिका र भारत समावेश गर्ने क्वाड साझेदारीलाई पुनर्जीवित गर्न योगदान दिनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ