Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा नेपाली बुवामाथी चक्कु प्रहार

सिड्नीमा नेपाली बुवामाथी चक्कु प्रहार


सिड्नी/ पैदल हिडिरहेका नेपाली अभिभावकमाथी सिड्नीमा चक्कु प्रहार भएको छ । शनिवार साझ ५ बजेतिर सिड्नीको ओरेनपार्कमा अन्दाजी ६० वर्षका नेपाली बुवामाथी चक्कु हानिएको एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले जानकारी दिनुभयो ।

पार्कमा हिडिरहेका बेला पछाडीबाट आएका अन्जादी २२ वर्षका युवतीले चक्कु हानेको जानकारी पाएको गुरुङले नेपालट्युबलाई बताउनुभयो । छोरीलाई भेट्न अष्ट्रेलिया आएका ती अभिभावक सैनिक पृष्ठभूमीका भएकाले चक्कु हानेपछि पनि ती युवतीसंग प्रतिवाद गरेको बुझिएको छ ।
चक्कु लागेपछि शक्त घाइते भएका ती अभिभावकको लिभरपुल अस्पतालमा उपचार भइरहेको छ । अवस्था सुधारउन्मुख रहेको छ । उनलाई भेट्नका लागि एनआरएनएका टोली अस्पताल पुग्दैछ । घाइतेलाई आवश्यक सहयोग गर्ने न्युसाउथ वेल्स संयोजक गुरुङले बताउनुभयो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । हालसम्म कोही पनि पक्राउ परेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ