Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsहावाहुरी पीडितलाई सघाउन जुटे अष्ट्रेलियाका नेपाली

हावाहुरी पीडितलाई सघाउन जुटे अष्ट्रेलियाका नेपाली


सिड्नी

हालै तराईकाे बारा र पर्सामा हावाहुरीले ठुलाे मानविय क्षति गर्याे । प्राकृतिक प्रकाेपलाई राेक्न सक्ने कुरा भएन । तर, त्यसले दिएकाे पीडालाई भने सबै मिलेर सामना गर्न सकिन्छ । 

मातृ भूमिलाई आईपर्ने हरेक दैविप्रकाेपका बेला विदेशमा बस्ने नेपालीहरुले हातमा हात मिलाएर सहयाेग गरेका छन् । 

त्यसमा पनि अष्ट्रेलियाका नेपाली समाज सहयाेग गर्नमा सधै अगाडी नै देखिन्छ । 

मंगलबार सिड्नीकाे आशफिल्डमा बारा र  पर्साकाे हावाहुरीमा परि मृत्यु भएकाहरुकाे चिरशान्ति र घाईतेहरुकाे स्वास्थ्य लाभकाे कामना गर्दै द्विप प्रज्वलन गरिएकाे छ । 

बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाउनेहरुकाे सम्झनामा सिड्नीमा द्विप प्रज्वलन । तस्बिर-नेपाल ट्युब
द्विप प्रज्वलनमा सहभागीहरु

तराई टाईगर खेलकुद क्लबले गरेकाे कार्यक्रममा सहयाेग रकम समेत उठाईएकाे छ ।

कार्यक्रममा तराई टाइगर्सका संरक्षक सुबांस शाह र संयाजक नितिस गुप्ता लगायतले मृतककाे आत्माको चिर शान्तिका साथै घाईतेहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्नुभएकाे थियाे । त्यस्तै एन्टाका अध्यक्ष अरुण ठाकुरले हावाहुरीका कारण ज्यान र घरबार गुमाएकाहरुका लागि सक्दा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

सामाजिक अभियन्ता विनाेद पाैडेलकाे सक्रियतामा भएकाे कार्यक्रममा सिड्नीका व्यापारी, अभियन्ता, अगुवा तथा सर्वसाधारण उपस्थित भएका थिए । 

पाैडेल ‘आमाले बाेलाउनु भयाे’ भन्ने अभियानमार्फत विदेशकाे सिप र क्षमतालाई स्वदेशमा लगानी गराउन सक्रिय छन् । 

संकलित सहयाेग रकम एशोसियसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) काे खातामा जम्मा गरिने बताईएकाे छ । 

हावाहुरी लगतै एन्टाले अष्ट्रेलियामा सहयाेग संकलन गरिरहेकाे छ । 

त्यस्तै गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले पनि ४ हजार डलर सहयाेग गर्ने घाेषणा गरिसकेकाे छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ