Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसेप्टेम्बर ३० सम्म अष्ट्रेलियामा आइसोलेसन बस्दा कोरोना सहायता पाइने !

सेप्टेम्बर ३० सम्म अष्ट्रेलियामा आइसोलेसन बस्दा कोरोना सहायता पाइने !


ब्रिजवेन,अष्ट्रेलिया सरकारले आगामी सेप्टेम्बर ३० सम्म आइसोलेसनमा बसेको समयमा पाइने सहायता रकमलाई निरन्तरता दिने भएको छ । शनिबार सम्पन्न राष्ट्रिय मन्त्रीपरिषद् बैठकले आइसोलेसनमा बसेको समयमा पाइने एक हप्ताको लागि ७ सय ५० डलर सहायतालाई आगामी दुई महिनासम्म निरन्तरता दिने निर्णय गरेको हो ।

शुक्रबार टुइट गर्दै प्रधानमन्त्री एन्थोनी एल्बनिजले मन्त्रीपरिषद्मा सहयताबारे छलफल गरिने बताउनुभएको थियो । कोरोना संक्रमण यथावत रहेको समयमा सहायता रकम कटौँती गरिएको भन्दै बिरोध भएपछि पूर्वनिर्धारित राष्ट्रिय मन्त्रीपरिषद् बैठक दुई दिन अघि सारिएको थियो । कोरोना महामारि सुरु भएसँगै अष्ट्रेलिया सरकारले कोभिड संक्रमण भएर आइसोलेसनमा बसेकालाई एक हप्ताको लागि ७ सय ५० डलर दिने गरेको भएपनि गत महिना यो सहायता रकम हटाएको थियो ।

प्रधानमन्त्री एल्बनिजले बैठकपछि पत्रकार सम्मेलन गर्दै संघीय सरकार कोभिडका कारण आइसोलेसनमा बस्नु पर्ने तर बिरामी बिदा नभएका व्यक्तिको आपतकालीन भुक्तानी अन्त्य गर्ने निर्णय फिर्ता लिइएको बताउनुभयो । “म यो सुनिश्चित गर्न चाहन्छु कि हरेक कमजोर व्यक्तिहरूको हेरचाह गरिन्छ, कोही पनि नागरिक रोजगारी वा आम्दानी गुमाएर बस्नुपर्दैन, सबै नागरिकलाई आवश्यक सहयोग गर्न सरकार तयार छ ।” प्रधानमन्त्री एल्बानीजले भन्नुभयो ।

सरकारले सेप्टेम्बर ३० सम्म राष्ट्रिय स्वास्थ्य आपतकाल अन्तर्गतको संकट भुक्तानी पनि पुनस्र्थापित गर्ने बताइएको छ । महामारीसँगै जाडो अवधिका कारण संकटमा परेका व्यवसायी र गम्भीर आर्थिक कठिनाइसँग जुधिरहेका विद्यार्थीहरुको अध्ययन भत्ताहरूमा समेत सरकारले सहयोग गर्ने प्रधानमन्त्री एल्बानीजले बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ