Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsटिआरजी क्लबकाे नाम अन्यथा भएकाेमा सच्चाईएकाे छ ।

टिआरजी क्लबकाे नाम अन्यथा भएकाेमा सच्चाईएकाे छ ।


अघिल्लाे साता ‘ सिड्नीमा फुटवल मैदानमै नेपाली खेलाडीबिच कुटाकुट । ३ महिना जेल हुन सक्ने’ भन्ने शिर्षकमा प्रकाशित समाचार सामाग्रीमा सिड्नीकाे टिआरजी फुटवल क्लबकाे नाम अन्यथा हुन गएकाेमा हामीले सच्चाएका छाै । 

क्लबले नेपाल पत्रकार महासंघ अष्ट्रेलिया शाखामार्फत हाम्राे ध्यानाकर्षण गराएकाे कदमलाई हामीले सकारात्मक रुपमा लिएका छाै । व्यवसायिक पत्रकारिताकाे एउटा शसक्त पाटाे भनेकै पाठक र सम्बन्धित पक्षकाे गुनासा र जिज्ञासालाई पनि स्थान दिनु हाे । 

प्राप्त गुनासाेलाई सम्बाेधन गर्नु हामी आफ्नाे धर्म पनि मान्छाै । 

उल्लेखित समाचार सामाग्रीमा भएकाे अन्यथाका कारण क्लब र हाम्रा पाठकमा पर्न गएकाे असुबिधाप्रति क्षमा चाहान्छाै । 

अष्ट्रेलियाकाे नेपाली समाजलाई निरन्तर सकारात्मक दिशातर्फ लम्काउन हामी पत्रकारिता मार्फत जुट्न पाउदा हर्षित छाै । 

आगामी दिनमा पनि तपाईहरुकाे माया र सकारात्मक मार्ग निर्देशनकाे आशा गरेका छाै । 

नेपाल ट्युब 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ