Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगरगहना र पैसा माग्दै नदिए एसिड छ्याप्ने धम्की दिएर ‘प्र्याङ्क’ भिडियो बनाउने पक्राउ

गरगहना र पैसा माग्दै नदिए एसिड छ्याप्ने धम्की दिएर ‘प्र्याङ्क’ भिडियो बनाउने पक्राउ


काठमाडौं । बाटोमा हिँडिरहेकी महिलासँग गरगहना र पैसा माग्दै नदिएमा एसिड छ्याप्ने धम्कीसहित ‘प्र्याङ्क’ भिडियो बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका ३ गिरुवारी बस्ने भुसाललाई प्रहरीले नवलपुरको कावासोती बजारबाट पक्राउ गरेको हो ।

भुसालले ‘बदमास केटा’ नामक युट्युब च्यानल सञ्चालनमा ल्याएका थिए । प्र्याङ्क भिडिओ बनाउने नाममा बाटोमा हिँडिरहेकी महिलालाई रोकेर साथमा भएको पैसा, मोबाइल र गरगहना माग्दै नदिएमा एसिड हान्ने भनेर तर्साउने उनका गतिबिधि र भिडियोको चौतर्फी आलोचना हुनेगरेको थियो । पक्राउ युट्युबरमाथी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइएको साइबर ब्युरोले जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ