Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियन प्रधानमन्त्री र विपक्षी नेताले दिए नेपाली नयाँ वर्षकाे शुभकामना

अष्ट्रेलियन प्रधानमन्त्री र विपक्षी नेताले दिए नेपाली नयाँ वर्षकाे शुभकामना


सिड्नी

नेपाली नयाँ वर्षकाे उपलक्ष्यमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट माेरिसन र विपक्षी दलका नेता विल सर्टनले शुभकामना दिनु भएकाे छ ।
प्रधानमन्त्री माेरिसनले एक विज्ञप्ती जारी गर्दै अष्ट्रेलिया तथा विश्वभर छरिएका नेपाली समुदायलाई नयाँ वर्ष २०७६ काे शुभकामना दिनुभएकाे हाे ।
“बहु संस्कृतिकाे धनी भूमि अष्ट्रेलियामा बस्न पाउनु हामी सबैकाे भाग्य हाे” विज्ञप्तीमा भनिएकाे छ ” जहाँ हामी सबै एक अर्काकाे संस्कृति मान्न र सिक्न स्वतन्त्र छाै” ।
त्यस्तै प्रधानमन्त्रीद्वारा हस्ताक्षर विज्ञप्तीमा भनिएकाे छ – “शान्ती र स्थायित्वप्रतिकाे हाम्राे साझा धारणा नै हाम्राे विकासकाे आधार हाे । जसले सिंगाे अष्ट्रेलियाकाे राष्ट्रिय एकता कायम गरेकाे छ” ।
प्रधानमन्त्री माेरिसनले बहुसांस्कृतिक समाजका लागि याेगदान पुर्याएकाेमा सिंगाे नेपाली अष्ट्रेलियन समुदायलाई धन्यवाद समेत दिनुभएकाे छ । “बहुसांस्कृतिक समाज निमार्णमा नेपाली अष्ट्रेलियन समुदायले पुर्याएकाे याेगदानकाे म कदर गर्न चाहान्छु” । विज्ञप्ती भनिएकाे छ – “सबै समुदायकाे याेगदानले नै अष्ट्रेलिया विश्वकै सुखी र भाईचाराले भरिएकाे समाज बनेकाे छ” ।

अष्ट्रेलियाका प्रधानमन्त्रीकाे शुभकामना सन्देश

त्यस्तै विपक्षी दल लेवर पार्टीका नेता विल सर्टनले पनि नेपाली नयाँ वर्षकाे शुभकामना दिनु भएकाे छ ।
शुभकामना सन्देशमा भनिएकाे छ -” थुप्रै नेपाली परिवारले आफ्नाे जिवन यहाँ सुरु गरेर आफ्नाे कथा अष्ट्रेलियन समुदायकाे कथसंग जाेड्न सफल भएकाेमा हामी भाग्यमानी ठान्दछाै” । त्यस्तै सर्टनले बहुसांस्कृतिक समाज निर्माणमा नेपाली समुदायले पुर्याएकाे याेगदानकाे प्रशंसा गर्नुभयाे ।

विपक्षी दलका नेताकाे शुभकामना सन्देश

अष्ट्रेलियामा नेपाली समुदाय बढेसंगै यहाँकाे सरकार र राजनीतिक दलले महत्व दिन थालेकाे छ ।
नेपाली नयाँ वर्षमा सरकार र प्रतिपक्षबाट जारी भएकाे शुभकामना सन्देश त्यसैकाे उदाहरण हाे । हुन त याे शुभकामना सन्देशलाई आउदै गरेकाे  संघिय निर्वाचनमा नेपालीहरुकाे भाेट पाउने कडीकाे रुपमा समेत प्रयाेग गरिएकाे हुनसक्ने नेपाली समुदायकाे बुझाई छ ।

पछिल्लाे तथ्यांक अनुसार अष्ट्रेलियामा एक लाख भन्दा बढी नेपाली स्थायीरुपमा बसाेबास गर्छन् । ५० हजार बढी त नेपाली विद्यार्थी छन् ।
खासगरि मेहनती र विश्वासिलाे मानिसकाे छवी बनाएका नेपालीलाई अष्ट्रेलियनहरुले निकै मन पराउछन् ।
नेपालीकाे बढ्दाे प्रभावसंगै यहाँकाे राजनीतिक क्षेत्रमा समेत नेपालीले स्थान बनाउन थालेका छन् ।
सत्तारुढ दल लिवरल पार्टीले त आगामी संघिय सांसदका लागि २५ वर्षिय नेपाली युवालाई उमेद्वार नै घाेषणा गरिसकेकाे छ । नवलपरासीका पिजे श्रेष्ठ नेपालीहरुकाे बहुल्यता रहेकाे ब्राटन क्षेत्रबाट संघिय सांसदकाे उमेद्वार बनेका हुन् ।

त्यस्तै, हालै सम्पन्न न्यु साउथ वेल्स राज्यकाे चुनावी प्रचारप्रसारमा समेत नेपालीले विशेष स्थान पायाे । नेपाली मुलका नगेन्द्र अधिकारीले सांसदका दुई उमेद्वारकाे चुनावी प्रचारप्रसारकाे व्यवस्थापन गर्ने जिम्मा पाएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ