Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा नेपाली सामुदायिक भवन बनाउन एक घण्टा संगै हिड्ने कि !

ब्रिजवेनमा नेपाली सामुदायिक भवन बनाउन एक घण्टा संगै हिड्ने कि !


ब्रिजवेन/ हिडेर पनि सामुदायिक भवन बनाउन साथ दिन सकिन्छ त ? भनेर सोचिरहनु भएको छ भने १४ अगष्ट आइतबार बिहान ब्रिजवेनको माउण्ट कुथ्थामा आउनुस् । ब्रिजवेनमा नेपाली सामुदायिक भवन बनाउने चर्चा र प्रयास सुरु भएको वर्षौ बितिसकेको छ । तर, पैसाको अभावमा सफल हुन सकिरहेको छैन । पछिल्लो समय यहाँको नेपाली समाजले हर प्रयास गरेर भवनका लागि बजेट संकलन गरिरहेका छन् । त्यहि प्रयासको निरन्तरता हो आइतबारको ‘वाक फर कम्युनिटी वेयलफेयर’ ।

गैर आवासिय नेपाली संघ कुइन्सल्याण्डले ‘वाक फर वेयलफेयर’ भन्ने वार्षिक कार्यक्रमलाई सामुदायिक भवन निमार्णमा सहयोग जुटाउन केन्द्रित गरेको छ । ब्रिजवेनमा कुइन्सल्याण्ड ‘नेपलिज कल्चरल सेन्टर’ क्युएनसिसिले भवन निमार्णको लागि नेतृत्व लिएको छ । एनआरएनए कुइन्सल्याण्डमा नयाँ नेतृत्व आएपछि सामुदायिक भवन निमार्णलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु भइरहेका छन् । यसअघि एनआरएनएले भवन निमार्णका लागि सामुहिक सदस्यता घोषणा समेत गरिसकेको छ ।

एनआरएनए कुइन्सल्याण्डका उपाध्यक्ष शम्भु गाइसीले समुदायको पैसा समुदायमै पु¥याउने यो कार्यक्रमको उदेश्य रहेको बताउनुभयो । नेपाली सामुदायिक भवन बन्नुपर्छ र त्यसमा केही भएपनि सहयोग गर्न चाहानेहरु वाकमा सहभागी हुन समेत गाइसीले अनुरोध गर्नुभयो । ‘वक फर वेयलफेयर’ मा हिड्का लागि सहभागी एक जनाले ५०, परिवारसहितले १ सय र विद्यार्थीले १० डलर शुल्क तिर्नुपर्नेछ । केटाकेटी र घुम्न आएका अभिभावकले भने निशुल्क सहभागी हुन सक्नेछन् ।
नाम दर्ता गराउनका लागि एनआरएनए कुइन्सल्याण्डका पदाधिकारीलाई सम्पर्क गर्न सक्नेछन् । नाम र नम्बर तल उल्लेख छ । दर्ता शुल्कबाट सहभागीहरुलाई एउटा टिसर्ट र सामान्य नास्ताको व्यवस्था गरिनेछ । सदस्यता शुल्क र प्रयोजकबाट संकलन भएको रकमबाट खर्च कटाएर ७० प्रतिशत भवन निर्माणमा र ३० प्रतिशत रकम कल्याणकारी कोषलाई दिने उपाध्यक्ष गाइसीले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ