Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaस्क्यामरको फन्दामा पर्दा अष्ट्रेलियामा नेपाली विद्यार्थीले गुमाइन २७ हजार डलर !

स्क्यामरको फन्दामा पर्दा अष्ट्रेलियामा नेपाली विद्यार्थीले गुमाइन २७ हजार डलर !


ब्रिजबेन । तीन महिना अघि मात्रै अष्ट्रेलिया आइपुगेकी एक नेपाली विद्यार्थीको २७ हजार अष्ट्रेलियन डलर ठगी भएको छ । नेपालको चितवन स्थायी घर भएकी विद्यार्थी फेसबुकमा भेटिएको लिंकमार्फत कामको खोजीमा लाग्दा ठगीएको भन्दै नेपाल ट्युब अष्ट्रेलियाको सम्पर्कमा आउनुभएको हो ।

कसरी भयो त ठगी ?
कामको खोजीमा रहेकी पीडित विद्यार्थी फेसबुकमा राखिएको ह्वाट्स एपमा सम्पर्क गरेर स्काइ स्क्यान भन्ने एजेन्सीको एजेन्ट बन्न पुग्छिन । सुरुवातमा सम्पर्कमा आएका एजेन्टले ४५ वटा होटल बुक गर्दा बुक गर्न खर्च गरेको पैसा कमिसन आउने भन्दै एजेन्ट बनेकी विद्यार्थीले सुरुवातमा ७५ डलर लगानी गर्दा २ सय डलर फिर्ता समेत फिर्ता पाउँछिन । हौसियर अलिक अलिक गर्दै लगानी गर्दैगर्दा पछि ४ हजार, ५ हजार डल लगानी गनुपर्ने भन्दै ठगहरुले उक्साउँछन् । घर तथा साथिभाईसँग मागेर ४० वटा होटल बुक गर्दासम्म १८ हजार अमेरिकी डलर अर्थात अष्ट्रेलियन २७ हजार डलर ठगी भएपछि पीडित विद्यार्थी हाम्रो सम्पर्कमा आइपुग्नुभएको छ ।

ठगहरुले बैंकबाट क्रिप्टो खातामा पैसा पठाउँदै एजेन्टाका रुपमा लगानी गरेको भ्रममा पारेर ठगी गरेको पाइएको छ । सक्कली स्काई स्क््यामरले समेत आफूहरुको नामको वेबसाईड खडा गरेर ठगी भएको र यस्ता ठगहरुको विश्वासमा नपर्न सचेत गराएको छ । तपाई पनि कामको खोजीमा वा थोरै लगानीमार्फत धेरै कमाउने प्रलोभनमा पर्दा ठगिनसक्नुहुन्छ ।

अष्ट्रेलियाको ठगी नियन्त्रणमा सक्रिय सरकारी निकाय स्क्याम वाचका अनुसार चालु वर्षमा यस्तो ठगी तीन गुणाले बढेको छ । चालु वर्षको अहिलेसम्म मात्रै स्क्याम मार्फत २० मिलियन भन्दा बढी ठगी भएको छ । सन २०२० को तुलनामा २०२१ मा स्क्याम मार्फत हुने ठगी ७७ प्रतिशतले बढेको थियो । सन २०२१ मा मात्रै २२७ मिलियन डलर बराबरको ठगी भएको स्क्याम वाचले जनाएको छ । ठगी बढ्दो क्रममा रहेको भन्दै सचेत हुन सरकारले समेत बारम्बार आह्वान गर्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ