Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडलर सटहीका नाममा शृङ्खलाबद्ध ठगीमा संलग्न दुई जना पक्राउ !

डलर सटहीका नाममा शृङ्खलाबद्ध ठगीमा संलग्न दुई जना पक्राउ !


काठमाडौं । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर शृङ्खलाबद्ध ठगीमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसेका दुई जनालाई पक्राउ गरेको हो ।

ठगीको आरोपमा पक्राउ परेका दुबै जनालाई मङ्गलवार सार्वजनिक गरिएको छ । गोप्य सूचना पछ्याएको प्रहरीले १५ लाख रुपैयाँ बराबरको अमेरिकी डलर साट्न लागेको अवस्थामा काठमाडौंको टोखा नगरपालिकामा रहेको युनिक कोलोनीबाट अभियुक्त द्वयलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारि दिएको छ । पक्राउ परेका व्यक्तिले पीडित व्यक्तिलाई पटक–पटक फोनमार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दरमा साटिदिने प्रलोभनमा पार्दै सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका विभिन्न ठाउँमा बोलाइ लाखौँ रुपैयाँ लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरूलाई ठगी एवम् विदेशी विनिमय ऐनअन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाएको छ । विदेशी मुद्रा सस्तोमा सटहीका नाममा ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै प्रहरीले सचेत हुन बारम्बार आग्रह गर्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ