झम्के तिजका लागि ब्रिजवेन आईपुगे सपुतसहित ३ कलाकार
ब्रिजवेन/तिज विशेष कार्यक्रमका लागि तीन जना नेपाली कलाकारहरु आज ब्रिजवेन आईपुग्नु भएको छ । ब्ल्याकआई क्रियसनले गर्न लागेको झम्के तिज मेलामा सहभागी हुन गायक प्रकाश सपुत, गायिका देवी घर्तिमगर र कलाकार करिश्मा ढकाल आईपुग्नु भएको हो।
भोली साझ स्ट्राथपाइन सामुदायिक भवनमा बेलुका ५ बजे कार्यक्रम हुदैछ । कार्यक्रमको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । कलाकारहरुलाई भ्यालीको असम बार एण्ड रेष्टुरेन्टमा आज साँझ स्वागत गरिएको थियो । नेपालट्युबसंग कुरा गर्दै गायक प्रकाश सपुतले भोली हुने कार्यक्रममा सबै जना आईदिन अनुरोध गर्नुभयो ।
कार्यक्रमलाई एबिसी ग्लोबल एजुकेशन कन्सलटेन्सी र कुइन्सफर्ड कलेजले प्रायोजन गरेको छ । नेपाली कला संस्कृतिलाई दोस्रोपुस्तासम्म पु¥याउनका लागि तिज विशेष कार्यक्रम गरिएको कानको भनाई छ । कार्यक्रममा प्रवेश शुल्क २५ डलर तोकिएको छ ।
मायालु इन्टरटेन्टमेन्टको आयोजनामा गायक प्रकाश सपुत र कलाकार करिश्मा ढकाल अष्ट्रेलिया आउन लागेको हो । गायिका देवीघर्तिमगरलाई भने बिशाल इन्टरटेन्टमेन्टले अष्ट्रेलिया बोलाएको हो ।
मायालु तिज मेला २०२२ अन्तगर्त क्यानवेरामा अगष्ट १३, सिड्नीमा अगष्ट १९ र तास्मानियाको लनचेस्टनमा अगष्ट २१ र होबार्टमाअगष्ट २३ मा तिज कार्यक्रम भईसकेको छ । ब्रिजवेनपछि गायक सपुत र कलाकार ढकालले अगष्ट २६ मा मेलवर्नमा र पर्थमा अगष्ट२८ मा कार्यक्रम गर्ने तय भएको छ ।
तिजमा प्रकाश सपुत, करिश्मा ढकाल र देवी घर्ति अष्ट्रेलिया आउदै, ब्रिजवेनमा २५ अगष्ट झम्के तिज
ट्याग : #brisbane, #karishma dhakal, #Prakash Saput, #teej mela
तपाईको प्रतिक्रिया