Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalठगहरु विरुद्ध प्रहरीको एक्सन, विदेश पठाउने नाममा ठगी गर्ने पक्राउ !

ठगहरु विरुद्ध प्रहरीको एक्सन, विदेश पठाउने नाममा ठगी गर्ने पक्राउ !


काठमाडौं । क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय एक युवालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ परेका युवाले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाखसम्म तलब हुने भन्दै पीडितसँग ६ लाख २४ हजार लिएर ठगी गरेका थिए । पक्राउ अभियुक्तमाथी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको
छ । यस्तै, अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेर फैशला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ र जिल्ला अदालत ललितपुरमा पठाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ