Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभदौ १९ गते काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेला, अष्ट्रेलियाका कलेजसँग परामर्श लिन पाइने !

भदौ १९ गते काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेला, अष्ट्रेलियाका कलेजसँग परामर्श लिन पाइने !


काठमाडौं । ग्रेस इन्टरनेशनल एजुकेशनले भदौ १९ गते काठमाडौंमा अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। अष्ट्रेलियाका २५ भन्दा बढी स्थापित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको सहभागितामा मेला आयोजना गर्न लागिएको हो ।

ग्रेस इन्टरनेसनलका दक्षिण एसिया निर्देशक एन्ड्रियु पौडेलले नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुन लागेको मेलाले अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । निर्देशक पौडेलले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई आवेदनदेखी भिसा प्राप्तीसम्मका सबै विषयमा जानकारी गराइने बताउनुभएको छ ।

पछिल्लो समय अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई दिदैआएको भिसामा कडाई गरेको छ । अध्यानका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई मेलामार्फत कलेज र परामर्शदातासँग प्रत्यक्ष सम्पर्क र परामर्श गराएर भिसाको सफलतामा योगदान दिइने बताइएको छ । विद्यँर्थी भिसामा कडाई गरिएको भएपनि बास्तवमै पढ्न चाहाने र पढ्न जाने विद्यार्थीहरु मारमा नपर्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ