Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalभुमिगत पार्किङ खोज्ने महानगरको अभियानमा मेयर बालेन्द्रको साथमा छु : उपयेयर डंगोल

भुमिगत पार्किङ खोज्ने महानगरको अभियानमा मेयर बालेन्द्रको साथमा छु : उपयेयर डंगोल


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा चलिरहेको अनाधिकृत संरचना हटाउने र भुमिगत पार्किङ खाली गराउने अभियानमा उपमेयरको अनुपस्थितिलाई लिएर प्रश्न उठेपछि उपमेयर सुनिता डंगोलले स्पष्टीकरण दिनुभएको छ । उपमेयर सुनिता डंगोलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफू सँगै रहेको स्पष्ट पार्नुभएको हो ।

सुनिताले स्ट्याटसमा लेख्नुभएको छ– अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरको भएकाले कानून कार्यान्वयन गर्ने सबै कार्यमा उपमेयरको हैसियतले आफ्नो साथ, सहयोग र समर्थन रहेको छ। आफ्नो विषयमा केही अनलाइन मिडिया मार्फत भ्रम पैदा गरेको भन्दै उपमेयर डंगोलले प्रतिवादसमेत गर्नुभएको छ ।

यस्तो छ फेसबुक स्ट्याटस :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ