महिलाहरुको महान पर्व तीज नेपालसँगै विदेशमा समेत भब्य रुपमा मनाइयो !
काठमाडौं । नेपाली महिलाहरुले महान पर्व तीज, मंगलबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्दै मनाएका छन् । अघिल्लो दिन अर्थात सोमबार रातभर दर खाएर बसेका महिलाहरु आज ब्रतसँगै पुजापाठ र नाचगानमा रमाएका हुन ।
तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको घुँइचो लाग्यो । विदेशमा रहेका महिला दिदिबहिनीहरु समेत एकआपसमा भेला भएर तिजको अवशरमा नाचगानमा रमाएका छन् । के स्वदेश के विदेश सबै ठाउँमा तिजलाई नेपाली महिलाहरुले विस्तार गरेको पाइएको छ । । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा महादेवको पूजा आराधना गरिन्छ । ब्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएर निरन्तरता पाउँदैआएको पौराणिक मान्यता छ । विवाहिता महिलाहरुले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरुले योग्य बरको कामना गर्दै तिजको ब्रत बस्ने गर्दछन् ।
तपाईको प्रतिक्रिया