Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालमा आयात प्रतिबन्ध लगाएका दश वस्तुमध्ये ६ वटा खुला, क–कस्लाई पुग्छ फाइदा ?

नेपालमा आयात प्रतिबन्ध लगाएका दश वस्तुमध्ये ६ वटा खुला, क–कस्लाई पुग्छ फाइदा ?

मोवाईल, रक्सी र मोटरसाईकल आयातमा अझै रोकावट !


काठमाडौं । सरकारले आयातमा प्रतिबन्ध लगाएका दश वस्तुमध्ये ६ वटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिदै असोज अन्तिमसम्म पुर्याइएको छ ।

आर्थिक मन्दी व्यवस्थापन गर्न र डलरको सञ्चितिका लागि भन्दै यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे,कुरमुरे,लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, तास, खेलौना र ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजनको आयात बन्देज खुला गरिएको छ । सबै प्रकारका तयारी रक्सी (औद्योगिक कच्चापदार्थ बाहेक), तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जीप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक) र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात प्रतिबन्ध भने यथावत राखिएको छ । आउँदो असोज २८ गतेसम्म यी वस्तुको आयात प्रतिबन्धले निरन्तरता पाउनेछ ।

आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको र व्यापार घाटा बढेको कारण देखाउँदै सरकारले पहिलो पटक वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशन गर्दै १० वस्तुको आयातमा असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको थियो । पछि केही संशोधन गर्दै साउन १ गतेदेखि भदौ १४ सम्मका लागि दश वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिइएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ