Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्सका विद्यालयमा बढ्दै यौन दुर्व्यवहारका घटना !

न्यु साउथ वेल्सका विद्यालयमा बढ्दै यौन दुर्व्यवहारका घटना !


ब्रिजबेन। न्यु साउथ वेल्सका विद्यालयमा यौन दुर्व्यवहार सम्बन्धि घटना बढ्दो क्रममा देखिएका छन् । राज्यको शिक्षा विभागमा पछिल्लो १२ महिनामा यौन दुर्व्यवहार सम्बन्धि उजुरीको संख्या बढेको पाइएसँगै यो तथ्य बाहिर आएको हो ।

पछिल्लो तथ्यांक अनुसार शिक्षा विभागमा हरेक हप्ता २ वटा यौन दुर्व्यवहार सम्बन्धि उजुरीहरू दर्ता हुने गरेका छन् । न्यु साउथ वेल्सको शिक्षा विभागमा सन् २०२१ मा १०७ वटा यौन दुर्व्यवहारका उजुरी दर्ता भएका थिए । यी उजुरीमध्ये ४६ वटा उजुरीमा विद्यालयकै हातामा यौन दुर्व्यवहार भएको उल्लेख गरिएको पाइएको छ। बाँकी उजुरी भने विद्यालय बाहिर दुर्व्यवहार भएको भन्दै गरिएका छन् । अघिल्लो वर्ष अर्थात सन् २०२० मा यो संख्या ९२ रहेको सरकारी तथ्यांक छ ।

शिक्षा विभागको प्रतिवेदनले विद्यालयहरूमा अशोभनीय आक्रमणहरू बढ्दै गएको देखाएको छ। २०२० मा यस्ता आक्रमणहरूको संख्या २४२ रहेकोमा पछिल्लो वर्ष बढेर २७८ पुगेको देखाइएको छ । यो तथ्यांकले हरेक हप्ता ६ वटा भन्दा बढी अशोभनीय आक्रमण विद्यालय भित्रै हुने गरेको देखाएको छ।

न्यु साउथ वेल्सको शिक्षा विभाग विद्यार्थीहरूको सुरक्षा र हिंसा न्युनिकरणका लागि प्रहरी र सम्बन्धित अधिकारीहरूसँग मिलेर काम गर्ने योजनामा छ । विद्यालय र कर्मचारीहरूले उनीहरूको रिपोर्टिङ दायित्वहरूमा अनिवार्य प्रशिक्षण लिनुपर्ने नियम समेत लागु गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ