Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपर्यटनमन्त्री श्रेष्ठले पदको दुरुपयोग गर्दै थुनाएका सुरक्षागार्ड गृहमन्त्रीको निर्देशनपछि छुट्दै !

पर्यटनमन्त्री श्रेष्ठले पदको दुरुपयोग गर्दै थुनाएका सुरक्षागार्ड गृहमन्त्रीको निर्देशनपछि छुट्दै !


काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पदिय हैसियतको दुरुपयोग गर्दै थुनाएका सुरक्षागार्ड छुट्ने भएका छन् । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि प्रहरीले प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गरेर सुरक्षा गार्ड शेरजंग गुरूङलाई छाड्ने तयारी गरेको हो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले गृहमन्त्रीको निर्देशनपछि सरकारी वकिल कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गरेर थुनामा परेका गरूड सेक्युरिटिजका सुरक्षा गार्डलाई रिहा गर्न लागिएको जानकारि दिनुभयो । गृहमन्त्री खाँणले आजै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिनुभएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । भीएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न आग्रह गरेपछि विवाद भएको थियो ।

मन्त्रीले शक्तिको दुरुपयोग गरेको आरोप लाग्दैगर्दा प्रमुख जिल्ला अधिकारीले पाँच दिनको थुना म्याद दिएपछी चर्को आलोचना भएको थियो । लाईन मिच्ने व्यक्ति मन्त्री भएको बारे आफूलाई कुनै जानकारि नभएको र पछि मन्त्री भनेपछि जो भएपनि लाईन बसेर नियमन पालना गर्नुपर्ने भन्दै आफूले ड्युटी निभाएको दाबी गुरुङले गर्दैआएका छन् । प्रहरीको कस्टडीमा रहेका सुरक्षागार्ड गुरुङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेट गरेर सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेको बिषयले समेत यतिबेला चर्चा पाएको छ ।

यता, पूर्वसुरक्षाकर्मी परिषद नेपालले सुरक्षागार्डलाई थुनाउने पर्यटनमन्त्री जीवनराम श्रेष्ठको भ्रमण रद्ध गर्न क्यानडा सरकारसँग आग्रह गरेको छ । मानव अधिकारको रक्षाका लागि भएपनि श्रेष्ठको क्यानडा भ्रमण रद्ध गरिनुपर्ने माग पूर्व सुरक्षाकर्मीहरुले गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ