पल शाहले बलात्कार मुद्दामा पाए सफाई, साढे २ वर्ष कैद र १० लाख जरिवाना
![](https://www.nepaltube.com.au/wp-content/uploads/2022/09/22EDF9FF-D03E-418A-9481-A7B84A81CA98.jpeg)
काठमाडौं/ बलात्कारको आरोप लागेका कलाकार पल शाहले जिल्ला अदालत नवलपुरबाट सफाई पाएका छन् । तर, बाल यौनदुरुपयोगमा भने साढे २ वर्षको कैद, २५ हजार जरिवाना तोकिएको छ । त्यस्तै पीडितलाई १० लाख क्षतिपुर्तिको समेत फैसला भएको छ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि नभएपनि यौनजन्य अस्वभाविक व्यवहार देखाएको ठहर गरेको हो ।
गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमाप्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।
तनहुँ जिल्ला अदालतमा भने बलात्कारको मुद्दा अझै विचारधिन छ ।
तपाईको प्रतिक्रिया