Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्रिकेटर लामिछानेको ओरालो यात्रा, यसरी परे १७ वर्षे नावालिकको फन्दामा !

क्रिकेटर लामिछानेको ओरालो यात्रा, यसरी परे १७ वर्षे नावालिकको फन्दामा !


काठमाडौं । अभिनेता पल शाहलाई बलात्कार कसुरमा उन्मुक्ति दिएर अदालतले बालयौन दुरुपयोगमा अढाई वर्षको जेल सजाय सुनाएकै दिन क्रिकेट स्टार सन्दीप लामिछाने उस्तै प्रकृतिको मुद्धाको परिबन्धमा परेका छन् । सन्दीप.. सन्दीप… भन्दै मैदान र सामाजिक सञ्जालमा घन्किने स्वरहरू अहिले एकाएक विरोधका स्वरमा परिणत भएका छन् ।

सन्दीप लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार बेलुका एक नाबालिगले बलात्कार आरोपमा उजुरी दिएसँगै समर्थकहरु बिरोधी बन्न थालेका छन् । बद्नामी र आलोचना यतिमा मात्रै सिमित हुने देखिदैन । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्त रूपमा यो घटनामा सूक्ष्म अनुसन्धान गरिरहेका छन् । व्यक्ति र उसको प्रोफाईल भन्दा पनि कसुर प्रधान मानेर अनुसन्धान अघि बढाइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी रवीन्द्र धानुक बताउनुहुन्छ । प्रहरीले अहिले घटनास्थलका रुपमा उल्लेख गरिएका स्थानको सीसीटीभी फुटेज संकलन गरेर अनुसन्धानलाई तिब्रता दिदैगर्दा सन्दिपले क्रिकेटरका रुपमा पाएका सफलता सब खोसिदैछन् ।

चितवनबाट क्रिकेट करिअर सुरु गरेका सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान भएकै समयमा बाहिरिएको यो घटनाले शंकाको सुई पनि घुम्न थालेको छ । तर योजनाबद्ध रुपमा फसाउने खेल भएको भएपनि सन्दिपमाथीको कसुरले शत प्रतिशत सफाई पाउने सम्भावना देखिदैन । परिवारका सदस्यहरु पनि सन्दिपमाथी यो हदसम्मको अभियोग लाग्नुपर्ने बानी व्यवहार नभएको दाबी गरिरहेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आकस्मिक बैठक नै राखेर कप्तानको जिम्मेवारीबाट नहटाई प्रहरीको अनुसन्धान अवधीसम्म पर्खने निर्णय गरेर सन्दीपलाई केही राहत भने दिएको छ । यद्यपी अनुसन्धान नसकिएसम्मका लागि प्रतिबन्ध नलगाउने निर्णय पछि पनि उनको ओरालो यात्रा निश्चित जस्तै छ । अब उनलाई सीपीएल टिम जमैका तालावाजले पनि हटाउन सक्छ । र, उनी जोडिएका अन्य क्लबले पनि हटाउने छन् ।

आखिर कसरी भएको थियो सन्दिप र नाबालिकको चिनजान ?
पीडित नाबालिकको पहिचान गोप्य राखेर प्रहरीले गरिरहेको अनुसन्धानबाट लामिछाने र ती नाबालिक एक महिनाअघि मात्रै सामाजिक सञ्जालबाट नजिकिएको खुलेको छ । सामाजिक सञ्जालमा जोडिएपछि निरन्तर विभिन्न माध्यमबाट कुराकानी हुने गरेको नाबालिकाले प्रहरीलाई दिएको बयानमै बताएकी छिन् । नाबालिकाको घर नुवाकोट भएको र बानेश्वरस्थित एक होस्टेलमा बसेर पढिरहेकी उनको कलेज भने गोप्य राखिएको छ । नुवाकोट स्थायी घर भएकी नाबालिकासँग लामिछानेको सम्पर्क सामाजिक सञ्जालमार्फत नै भएको र भदौ ५ मा बलात्कार भएको बयान दिइएपनि त्यसअघि पनि उनीहरूको भेट भएको पाइएको छ ।

सन्दीपले नाबालिकालाई नगरकोट लगेको बारे पनि सीसीटीभी फुटेजमार्फत प्रहरीले अध्ययन गरिरहेको छ । यसअघि पनि भेटघाट भएकी नाबालिकलाई भदौ ५ गते दिउँसो सन्दीपले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको घुमघामका नाममा ढिलाई गरेर राति होस्टल बन्द हुने समयको मौका छोपेर होटल इनमा लगेर बलात्कार गरेको पीडितको बयानबाट खुलेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरत बोहरा समेत यो घटनाको अनुसन्धानमा प्रहरीले कुनैपनि कसर बाँकी नराख्ने बताउनुभएको छ ।

भदौ ६ गते नेपाली राष्ट्रिय क्रिकेट टिम पाँच खेलको टी–२० क्रिकेट सिरिज र एकदिवसीय अभ्यास खेल खेल्न जानुपूर्व क्यानले टिमलाई बन्द प्रशिक्षणमा राखेको थियो । सबै खेलाडीले भदौ ४ गतेसम्म अभ्यास गरेको भएपनि क्यान ले एक दिनअघि भदौ ५ गते उपत्यकामा घर भएका खेलाडीलाई तयारीका लागि क्लोज क्याम्पबाट घर पठाएको थियो । बलात्कार भएको भनिएको दिन सन्दिप टिमसँग नरहेको समेत पाइएको छ ।

यस्तो छ प्रहरीले सार्वजनिक गरेको पछिल्लो विज्ञप्ती :

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ