Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्रिकेटर सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, आफू निर्दोष रहेको प्रष्टिकरण !

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, आफू निर्दोष रहेको प्रष्टिकरण !


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक १७ वर्षीय नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि अदालतसँग पक्राउ अनुमती मागे अनुसार नै अनुमती पाएको हो ।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि अदालतले अनुमति दिएको जानकारि दिनुभयो । योसँगै अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ । लामिछाने हाल क्यारेवियन प्रिमियर लिगका क्रममा देश बाहिर रहेका छन् ।

यता, बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबीसहित आफू क्यारेवियन प्रिमियर लिग सकिनासाथ वेस्ट इन्डिजबाट नेपाल फर्किने बताएका छन् । सन्दीप नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लसँग नियमित सम्पर्कमा रहेको र अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको बताइएको छ ।

सन्दीपले आफ्नो कानूनी प्रक्रियामा क्यानले सहजीकरण गरिदिने आशा समेत गरेको क्यानले जनाएको छ । आरोपबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समेत चासो राख्दै क्यानसँग जवाफ मागेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ