Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल क्रिकेट संघ (क्यान)ले गर्यो कप्तान सन्दीप लामिछानेलाई निलम्बन !

नेपाल क्रिकेट संघ (क्यान)ले गर्यो कप्तान सन्दीप लामिछानेलाई निलम्बन !


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नाबालिक बलात्कारको उजुरी र पक्राउ पुर्जी जारी भएसँगै कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जानकारी दिएको हो ।

क्यानको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’​

बुधबार अबेर बसेको क्यानको कार्यसम्पादन समिति बैठकमा भने प्रहरीले अनुसन्धान सम्पन्न गरेर अदालतमा मुद्धा पुगेपछि मात्रै निलम्बन बारे निर्णय लिने सहमति जुटेको थियो । प्रहरीको मागदाबी अनुसार अदालतबाट पक्राउ पुर्जीका लागि सहमति प्राप्त भएपछि क्यान यस्तो निर्णय लिन बाध्य भएको हो । आईसीसीले समेत सन्दीपमाथीको अभियोग र प्रहरी अनुसन्धान बारे चासो लिएका कारण अन्य क्लबसँगको आवद्धता समेत तोडिएर ओरालो यात्रा सुरु हुने आँकलन भैरहेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट सन्दीप लामिछाने निलम्बित भएपनि अबको कप्तान को भन्ने बारे क्यानले निर्णय गरिसकेको छैन । नाबालिक बलात्कारको उजुरीसँगै सन्दीप निलम्बनमा परेपछि अब को बन्लान कप्तान भनेर चासोका साथ खेल क्षेत्रमा प्रतिक्षा भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ