Tuesday, 17 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतलाई पराजित गर्दै यू–१७ साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल !

भारतलाई पराजित गर्दै यू–१७ साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल !


काठमाडौं। श्रीलंकामा जारी यू–१७ साफ च्याम्पियनसिपमा भारतलाई ३–१ गोलले पराजित गरेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा भारतसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल थप्दै जित सुनिश्चित गरेको हो ।

श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न खेलको २५औं मिनेटमा डेनी मैतेइलले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो हाफको निर्धारित समयको एक मिनेट बाँकी रहँदा नेपालका सरोज दर्लामीले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको दोस्रो हाफपछि अर्थात ४९ मिनेटमा नेपालका लागि उनेश बुढाथोकी र ६७ औँ मिनेटमा सुवास बमले गोल गर्दै नेपाललाई ३–१ मा पुर्‍याएका थिए।

यो जितसँगै नेपाल समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ।  नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले हराएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ