Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : तपाईले कतै छुटाउनु त भएको छैन पढ्नैपर्ने यी प्रमुख खबरहरु !

नेपाल अपडेट : तपाईले कतै छुटाउनु त भएको छैन पढ्नैपर्ने यी प्रमुख खबरहरु !


काठमाडौं । निर्वाचनको पूर्वतयारीमा ब्यस्त निर्वाचन आयोग, नलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले खोलेको राजनीतिज्ञको पोल, सहकारीमाथी जारी गरिएको नयाँ निर्देशन, नेहारिकाले न्याय पाउने भन्दै गरेको आशा र लौरो अभियानको उम्मेदवारी आह्वान बारेका प्रमुख पाँच खबरहरु यस्ता छन् ।

समानुपातिक निर्वाचनतर्फको कार्यतालिका सार्वजनिक
निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार असेज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुर्नेछ । बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई आह्वान गर्नेछ । दलहरुले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म आयोगमा पेश गर्नुपर्नेछ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा खोले यस्तो पोल
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दल र नेताहरु नै भ्रष्टाचारको मतियार बन्ने गरेको, जताततै राजनीति घुषाएर भाडभैलो मच्चाउन खोजीएको खुलाशा गर्नुभएको छ । राजीनामा दिए महाअभियोग फिर्ता गर्छौं भन्ने प्रस्ताव आएको भन्दै जबराले नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर तपाईसँग कुरा गर्न आएको भन्दै भेटेको खुलाशा गर्नुभएको छ । सर्वोच्च अदालतको भवन निर्माणको टेण्डर प्रक्रियामा आफू नभई अर्का न्यायाधीश हरिकृष्ण कार्की लगायतहरु संलग्न भएको आरोप लगाउँदै सदर भनेर एउटा हस्ताक्षर गर्ने बाहेक केही पनि काम नगरेको जिकिर गर्नुभएको छ ।

सहकारी सञ्चालकलाई सचेत गराउने विभागको निर्देशन
सहकारी विभागले सहकरी संस्था समस्यामा पर्दा पदीय हैसियतबाट पन्छिन खोज्ने सहकारी सञ्चालक र लेखा सुपरिवेक्षण समितिलाई सचेत गराउँदै निर्देशन जारी गरेको छ । विभागले सहकारी संस्थाहरुको नाममा एक निर्देशन जारी गर्दै सञ्चालक र सुपरिवेक्षण समिति अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने भन्दै सचेत गराएको हो । सहकारी संघसंस्थाहरु सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सम्पूर्ण सेयर सदस्य समेतको सामूहिक जिम्मेवारीमा रहने संस्था भएकोले अध्यक्ष र व्यवस्थापकलाई जिम्मेवारी पन्छाएर वा दोष लगाएर अरु भाग्ने प्रबृत्ति सच्याउन विभागले आग्रह गरेको छ ।

‘कुमारी आमा’ नेहारिकाले डीएनए जाँचबाट न्याय पाउने आश
‘कुमारी आमा’ निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए जाँचका लागि नमूना संकलन गरिएको छ । खुमलटारस्थिति विधिविज्ञान प्रयोगशालामा एकैपटक दुवैको नमूना लिइएको हो । आइतबार डीएनए टेस्टका लागि निहारिका बच्चा लिएर खुमलटार पुगेकी थिइन् भने प्रहरीले आरोपी शिवराजलाई पनि उपस्थित गराएको थियो । बच्चा अनि शिवराजको थुक र रगत डीएनए परीक्षणका लागि संकलन गरिएको छ । डीएनए परीक्षणको रिपोर्ट आउन तीन साता लाग्ने बताइएको छ । निहारिका आफ्नो बच्चा र आरोपीको डीएनए म्याचिङ गराउनुपर्ने माग राख्दै लामो समयदेखि विभिन्न संघर्ष गर्दै आएकी थिइन् । केही दिनअघि मात्रै जनकपुर उच्च अदालतले डीएनए परीक्षणका लागि आदेश दिएपछि जाँचको प्रक्रिया अघि बढाइएको हो ।

लौरो समूहले माग्यो स्वतन्त्र उम्मेदवारसँग आवेदन
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेको लौरो समूहले स्वतन्त्र उम्मेदवार बन्न चाहानेहरुसँग आवेदन मागेको छ । देशभरबाट लौरो लिन इच्छुक योग्य उम्मेदवारहरूका लागि फर्म भर्न अनुरोध गरिएको समूहका संयोजक सुमन सायमीले जानकारि दिनुभयो । स्थानीय चुनावको परिणामबाट हौसिएका स्वतन्त्र उम्मेदवार संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारीमा छन् । यसको नेतृत्व सुमन सायमीले गर्नुभएको का छन् । भदौ १६ मा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिसकिएको छ । अब एउटै घोषणा पत्र, चुनाव चिन्हमा एकिकृत भएर स्वतन्त्र उम्मेदवारहरु समेत मैदान उत्रिने बताइएको छ । लौरो अभियानका सदस्य रोहन कार्कीले इच्छुकले नाम, ठेगाना, उम्मेदवारी दिन चाहेको ठाउँ, यसअघिको कामको अनुभव, चुनाव लड्न चाहनुको उद्देश्यलगायतको विवरण भर्ना गुगल फर्म बनाएको जानकारि दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ