क्रिकेटर लामिछाने अध्यागमनको कालोसूचीमा, नेपाल आउदा विमानस्थलबाटै पक्राउ पर्ने !
![](https://www.nepaltube.com.au/wp-content/uploads/2022/09/sandip-nepal-cric-e1673543340460.jpg)
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखिएको हो ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीले लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले २३ भदौमा अनुमति दिएको र हाल देश बाहिर रहेका उनी आउनासाथ पक्राउ गर्न कालोसूचीमा राखिएको जानकारि दिनुभयो । नेपाल क्रिकेट संघ (क्यान) सँगको नियमित सम्पर्कमा रहनुभएका क्रिकेटर लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि सहयोग माग्दैआएका छन् ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत समेत केही समयअघि आफू निर्दोष भएको भन्दै अनुसन्धानमा सघाउने धारणा सार्वजनिक गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया