Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबेलायती महारानी एजिलाबेथप्रति सम्मान, सेप्टेम्बर २२ मा अष्ट्रेलियामा सार्वजनिक बिदा दिइने !

बेलायती महारानी एजिलाबेथप्रति सम्मान, सेप्टेम्बर २२ मा अष्ट्रेलियामा सार्वजनिक बिदा दिइने !


ब्रिजबेन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई सम्मान व्यक्त गर्नका लागि सेप्टेम्बरमा २२ अष्ट्रेलियाभर सार्वजनिक बिदा दिइने भएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजीले आइतबार सम्पूर्ण प्रिमियरहरू तथा मुख्य मन्त्रीहरूसँगको छलफलबाट एनदिने शोक बिदाको निर्णय भएको जानकारि गराउनुभएको हो ।

विश्वका विभिन्न देशहरुले महारानी एलिजाबेथको निधनमा शोक मनाउने घोषणा गर्दैआएका छन् । १९ सेप्टेम्बरमा हुने महारानीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति जो बाइडेन र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजीको पनि उपस्थिति रहने आँकलन गरिएको छ। यद्यपी औपचारिक घोषणा भने भएको छैन ।

गत शनिवार नै लन्डनस्थित सेन्ट जेम्सेज प्यालेसमा आयोजित एक विशेष समारोहमार्फत चार्ल्स तेस्रोले राज घोषणा गरिएको छ । राष्ट्रिय शोक दिवस मनाउने घोषणा गरेको बेलायतका गभर्नर जेनेरल डेभिड हार्लीले राजा चार्ल्से सिंहासनमा बसिसकेको जानकारि दिनुभएको छ । नोर्मन राजा विलियम द कन्कररले इङ्ग्लिस राजगद्दीलाई सन् १०६६ मा कब्जामा लिएपछि राजगद्दीमा आसीन हुने राजा चार्ल्स ४१ औँ व्यक्ति हुन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ