Techie IT
Friday April 16, 2021  |   शुक्रबार, बैशाख ३, २०७८
गृहपृष्ठ » News » अष्ट्रेलियामा बलात्कार गरेको आरोपमा अमेरिकाबाट नेपाली पक्राउ

अष्ट्रेलियामा बलात्कार गरेको आरोपमा अमेरिकाबाट नेपाली पक्राउ


225 Views

सिड्नी

अष्ट्रेलियामा बलात्कार गरेको आरोपमा अमेरिकाको न्युयोर्कमा एक नेपाली युवा समातिएका छन् ।
सन् २०१७ को जुनमा अमेरिकाबाट अष्ट्रेलिया घुम्न आएका नेपाली युवाले सिड्नीमा एक अष्ट्रेलियन महिलालाई बलात्कार गरेको आरोप लागेको हो ।
उजुरीपछि अष्ट्रेलिया प्रहरीले युवकको खोजी थालेको थियो ।
अमेरिका भागेको सुचनाका आधारमा अष्ट्रेलियन प्रहरीले अमेरिकी प्रहरीसंग सहकार्य गरेको थियो ।

अमेरिकामा पक्राउ परेका अभियुक्तलाई सिड्नी लगिदै ।
तस्बिर-एनएसडब्लु प्रहरी

प्रहरीका अनुसार २१ बर्षकी युवतीलाई बलात्कार गरी ती युवक केही घण्टामै अमेरिका फर्किएका थिए ।
अष्ट्रेलियाली प्रहरीले संघिय पक्राउपुर्जी जारी गरेपछि अमेरिकामा उनलाई हिरासतमा लिई सुपुर्दगी गरिएको थियो । उनलाई न्युयोर्कमा स्थानिय प्रहरीको सहयोगमा लसएन्जलस पुर्याई अष्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो । सिड्नी ल्याईएको ती अभियुक्तलाई न्यु साउथ वेल्सको पारामाटा अदालतमा उपस्थित गराउने जनाइएको छ । उनलाई विना सहमति यौन सम्पर्क गरी अभद्रता प्रकट गरेको आरोप लगाईएको छ ।

क्याटेगोरी : News



प्रतिक्रिया दिनुहोस

-Advertisement-