Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतास्मानियामा एक नेपालीमाथि मुक्का प्रहार, अन्य दुई जनामाथी किन गरियो दुर्ब्यबहार ?

तास्मानियामा एक नेपालीमाथि मुक्का प्रहार, अन्य दुई जनामाथी किन गरियो दुर्ब्यबहार ?


ब्रिजबेन। अष्ट्रेलियास्थित तास्मानियाको रिजडन भेलमा एक नेपालीमाथि कुटपिट भएको छ। नेपालट्युबको सम्पर्कमा आउनुभएका पीडितले आफूमाथी नाकमा चोट लाग्नेगरि मुक्का प्रहार भएको जानकारि दिनुभएको हो ।

पीडितले उपलब्ध गराएको भिडियोमा एक जना अग्लो कदका व्यक्ति नेपालीहरूलाई गाली गर्दै प्रस्तुत भएका छन् । आक्रोशित बनेका ती व्यक्तिले दुई जना नेपालीमाथि हातपात गर्ने र अपशब्द बोल्दै गालिगलौज गरेका छन् । पीडित नेपालीका अनुसार गाडी कुदाएको सवालमा अपरिचित व्यक्तिले दुर्व्यवहार गर्दै कुटपिट गरेका हुन । यसबारे प्रहरीलाई जानकारि गराइएको भएपनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन ।

नेपालट्युबको सम्पर्कमा पीडित आएसँगै हामीले घटनबारे सिड्नीसहित तास्मानिया हेर्ने महावाणिज्यदूत दीपक खड्का, एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्य तथा सामाजिक अभियन्ता पुनम पन्तलाई जानकारी गराएका छौँ । नेपाली समूदायका अगुवा तथा एनआरएन राज्य कमिटिले पीडितलाई न्याय दिलाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । घटनाको प्रहरीले छानविन गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ