Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआगामी साताबाट अष्ट्रेलियामा पेट्रोलको मूल्य बृद्धि हुने आँकलन, यस्तो हुनसक्छ उपभोक्तामा असर !

आगामी साताबाट अष्ट्रेलियामा पेट्रोलको मूल्य बृद्धि हुने आँकलन, यस्तो हुनसक्छ उपभोक्तामा असर !


ब्रिजबेन । अहिले अष्ट्रेलियाका धेरैजसो राजधानी सहरमा प्रतिलिटर १.६० डलरको हाराहारीमा रहेको पेट्रोलको मूल्य आगामी साताबाट प्रतिलिटर २ डलरभन्दा बढी पुग्ने आँकलन गरिएको छ । संघीय सरकारले इन्धन करमा गरेको अस्थायी कटौती सेप्टेम्बर ३० मा अन्त्य गर्नेभएसँगै पेट्रोलको मूल्य प्रतिलिटर २५ सेन्टले वृद्धि हुने आँकलन गरिएको हो ।

उपभोक्ता सञ्जाल वान बिग स्विचले आगामी महिनामा पेट्रोलको मुल्य उच्च वृद्धि हुने चेतावनी दिएको छ । उपभोक्ता सञ्जालले करिब ६० सेन्ट बढ्न सक्ने आँकलन गरेको छ । उपभोक्ता अधिकारकर्मीहरुले चालकहरूलाई आफ्नो सवारीको ट्याङ्की भर्न दिएका छन् । मुल्यवृद्धीको चक्र स्वरुप सिड्नीका केही पेट्रोल स्टेशनहरूमा प्रति लिटर मुल्य लगभग १.९५ डलर पुगिसकेको छ । अष्ट्रेलियाका उपभोक्ता अधिकारकर्मीहरुले आगामी हप्ताहरूमा सवारीधनीहरूलाई कडा मार पार्ने जानकारि गराएका छन् । खुद्रा विक्रेताहरूले समेत नियमित चक्रको रूपमा मूल्य बढाउने र यसको मारमा उपभोक्ताहरु पर्ने चेतावनी दिदैआएका छन् ।

पूर्वप्रधानमन्त्री स्कट मोरिसनको सरकारले पेट्रोलको अन्तः शुल्कमा दिएको छुट अल्बानिज सरकारले अन्त्यको घोषणा गरेसँगै पेट्रोलको मुल्यबृद्धीसँगै यसको मार अन्य क्षेत्रमा समेत पर्ने भन्दै धेरैले चिन्ता व्यक्त गरिरहेका छन् । तर सरकारी अधिकारीहरुले पेट्रोलको मुल्यबृद्धी लगायतलाई नियमित प्रक्रियाका रुपमा अथ्र्याएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ