Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews‘उज्यालाे नेपाल’ का सारथी कुलमानले सिड्नीमा प्रवचन दिदै

‘उज्यालाे नेपाल’ का सारथी कुलमानले सिड्नीमा प्रवचन दिदै


सिड्नी/सरल गुरुङ

वर्षौदेखि लोडसेडिङबाट पीडित बनेका नेपालीलाई उज्यालो दिएर विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ् साच्चै उज्यालो नेपालका सारथी बनेका छन् ।

प्राधिकरणका केही कर्मचारीको मिलेमतोमा भएको विद्युत चुहावट र गलत व्यवस्थापनसंग लडेर जनताको घरघरमा निरन्तर बिजुली पुर्याउन त्यति सहज थिएन ।
निडर, कुशल र निरन्तरको प्रयासबाट एक कर्मचारीले पनि उलेख्य सुधार गर्न सक्छ भन्ने उदाहरण हुन् घिसिङ् ।
मिडियामा खासै नआउने घिसिङका कुशल व्यवस्थापनका गुदी कुरा धेरै मानिसका लागि प्रेरणा बन्न सक्छ ।
यहि कुरा बुझेर गैर आवासिय नेपाली संघ अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यले कुलमान घिसिङका तिनै प्रेरणादायी कथा जनतामा पस्कने जमर्को गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ

आगामी मे २६ मा सिड्नीमा कुलमान घिसिङ सहभागि भएर गाला डिनर हुदैछ । एनआरएनए न्यु साउथ वेल्स राज्यले गरेको सो कार्यक्रममा घिसिङ्ले झण्डै ३० मिनेट प्रेरणादायी प्रवचन दिने आयोजकले जनाएको छ ।

कार्यक्रमबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा एनआरएनए न्यु साउथ वेल्सका संयोजक नन्द गुरुङले भने- ‘उहाँका संघर्ष र लगनशिलताका कथा हामी धेरैका लागि प्रेरणा बन्न सक्छ’ ।
कार्यक्रममा घिसिङसंगै नायिका तथा समाजसेवी श्वेता खड्का पनि सहभागि हुनेछिन् । खड्काले पनि चलचित्र र समाजसेवा बारे प्रवचन दिने कार्यक्रम रहेकाे संयोजक सन्ध्या साहले बताउनुभयो । नेपाली चलचित्रकी लोकप्रिय नायिका खड्काले भूकम्पबाट क्षतविक्षत बनेको सिन्धुपाल्चोकको भिमटार माझी बस्ती पुनर्निमार्ण गर्नुभएको छ ।
नेपालका दुई हस्ती सहभागि हुने गाला डिनरमा सहभागि हुन ७० र १ सय डलरको टिकट काट्नुपर्नेछ ।

टिकटबाट उठेको रकमको आधा रकम नेपालमा आपाङ्गता भएका बालबालिकाको विद्यालयलाई सहयोग गर्ने तयारी छ ।
कार्यक्रममा विद्यालयकी संचालक सविता उप्रेती पनि सहभागी हुनेछिन् । त्यस्तै बाकी रहेको आधा रकम गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको सामाजिक कल्याणकारी कोषमा जम्मा गरिने संयोजक गुरुङले बताउनुभयो ।
हाल कोषमा ५० हजार डलर भन्दा पनि कम रकम बाकी रहेको भन्दै गाला डिनरबाट पनि सहयोग जुटाउन लागिएको हो ।
कोषका संयोजक दिनेश पोखरेलले गाला डिनरबाट कम्तिमा पनि २५ हजार डलर कोषमा जम्मा गरिने ठोकुवा गर्नुभयो ।

च्यारिटी डिनरबारे पत्रकार सम्मेलन । तस्बिर- नेपालट्युब

पत्रकार सम्मेलनमा एनआरएनए ओसियानाका संयोजक धर्मराज अधिकारीले सबै मिलेर काम गरे सफलता पाउन समस्या नहुने बताउनुभयो ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका संरक्षक ईन्द्रा वन, सचिव देव गुरुङ लगायतले सफलताको शुभकामना दिनुभयो ।
गाला डिनरका प्रयोजक बाबा एजुकेशनका संचालक रबिन्द्र कुमार शर्माले यस्तो समाजिक कार्यमा साथ दिन पाउदा खुसी लागेको बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ