Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा नेपालीको घरमा आगलागी, एक जना विद्यार्थी गम्भीर घाइते

सिड्नीमा नेपालीको घरमा आगलागी, एक जना विद्यार्थी गम्भीर घाइते


सिड्नी/बुधबार विहान तीन बजेतिर सिड्नीको हर्जभिलस्थित नेपालीको युनिटमा आगलागी हुदा एक नेपाली विद्यार्थी जलेर सक्त घाइते भएका छन् । अर्का एक विद्यार्थी पनि सामान्य घाइते छन् ।
बुटवल स्थाई घर भएका २१ वर्षिय नेपाली विद्यार्थीको दुबै हात र घाटीमा आगोले पोलेको छ । उनको रोयल नर्थसोर अस्पतालको आइसियुमा उपचार भइरहेको छ । अर्का घाइते विद्यार्थी भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

दुइ कोठाको युनिटमा तीन जना नेपाली विद्यार्थीहरु बस्दै आएका थिए । एक जना असाइनमेन्ट गर्न साथीको घरमा गएकाले घटना भएको रात युनिटमा दुइ जना मात्र सुतेका थिए । गम्भीर घाइते विद्यार्थी राति दुइ बजेतिर काम सकेर घर आई बैठक कोठाको सोफामा कम्मल ओडेर सुतेका थिए । आगलागी भने कोठामा बालिएको हिटरबाट सल्किएको बताइएको छ ।

आगो सल्किएपछि कोठामा सुतेका विद्यार्थी हतार हतार घर बाहिर निस्किएका थिए । फायर एण्ड रेस्क्यु न्यु साउथ वेल्सले जारी गरेको विज्ञप्ती अनुसार फायर फाइटरहरुले सोफामा कम्मलभित्र बेहोस भएका विद्यार्थीलाई चिन्ताजनक अवस्थामा उद्दार गरिएको हो । स्मोक अलाम बजेपछि तीन तले भवनमा बस्ने अन्य २० जना बाहिर निस्किएका थिए भने केहीलाई प्रहरीले ढोका ढकढकाएर उठाएको विज्ञप्तीमा भनिएको छ । सबै बाहिर निस्किएपछि फायर फाइटरहरु कोही छुटेकी भनेर खोज्न जादा भने सोफामा कम्मलभित्र बेहोस् अवस्थामा नेपाली विद्यार्थी भेटिएका हुन् ।घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सक्त घाईते नेपाली विद्यार्थीको अवस्था सुधारउन्मुख रहेको र अहिले होस आइसकेको गैर आवासिय नेपाली संघ न्यु साउथग वेल्सका संयोजक देव गुरुङले जानकारी दिनुभयो । चिकित्सकले ती विद्यार्थीको हात, घाटी र अनुहारमा १२ प्रतिशत जति जलेको र अवस्था सुधारउन्मुख भएको जानकारी गराएको गुरुङले बताउनुभयो । घाइतेलाइ भेट्न गुरुङसंगै न्युसाउथ वेल्सका नेपाली महावाणिज्यदूत दीपक खड्का पनि अस्पताल पुग्नुभएको थियो । उहाँहरुले आवश्यक सबै सहयोग गर्ने बाचा गर्नु भएको बताइएको छ । केही महिना अघि सिड्नीस्थित पारामाट्टामा रेष्टुरेन्टमा आगलागी हुदा एक नेपाली विद्यार्थीको निधन भएको थियो । photo-FRNSW


ट्याग : #fire in Sydney, #Nepali in Fire Sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ