Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित बन्दै, ११ हजार यात्रुले लिए उडान सुविधा !

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित बन्दै, ११ हजार यात्रुले लिए उडान सुविधा !


काठमाडौं । वर्षौपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप कम गर्नेगरि दाश्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भैरहेको छ । यात्रुको चाप बढेसँगै गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एअरवेजले अब सातैदिन उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि जजिरा एअरवेजले आफ्नो उडान संख्या बढाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको चाप निक्कै कम भएको जानकारि दिनुभयो । विशेषगरि पश्चिम नेपालका बैदेशिक रोजगारिमा जान चाहानेहरुले यो विमानस्थल सञ्चालनमा आएसँगै काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

अबुधावी बेस रहेको विज एअरले पनि भैरहवा विमानस्थलबाट आउँदो अक्टोबर ३० तारिखदेखि नियमित उडान भर्नेगरिअनुमति लिएको छ । यस्तै, फ्लाई दुबई, सलाम, थाई स्माइल र श्रीलंकन एयरले उडानको इच्छा अभिव्यक्त गरेपनि कहिलेबाट उडान थाल्नेहुन एकिन भएको छैन । गत जेठबाट सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म ११ हजार यात्रुले उडान अवतरण गरिसकेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ