Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविश्व स्वास्थ्य सम्मेलन सिड्नीमा सुरु, विश्वभर छरिएका नेपाली स्वास्थ्यकर्मी एकै थलोमा !

विश्व स्वास्थ्य सम्मेलन सिड्नीमा सुरु, विश्वभर छरिएका नेपाली स्वास्थ्यकर्मी एकै थलोमा !


ब्रिजबेन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ। अष्ट्रेलियाको सिड्नीमा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ नारासहित सम्मेलन सुरु भएको हो ।

जारी सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागी भएका हुन । सेप्टेम्बर १६ देखि सुरु भएको सम्मेलन १८ तारिखमा सम्पन्न हुनेछ । एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले विश्वका सय भन्दा बढी देशमा छरिएका नेपाली स्वास्थ्यकर्मी एउटै छानामुनि आएको जानकारि दिनुभयो ।

एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्कालर्स नेटवर्कको साझेदारीमा सम्मेलन आयोजना गरिएको हो। स्वास्थ्य सम्मेलनलाई विश्वकै ठूलो भेला भएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ