Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबालकमाथी अप्राकृतिक मैथुन गर्ने बाल अधिकारकर्मी पुर्पक्षका लागि थुनामा !

बालकमाथी अप्राकृतिक मैथुन गर्ने बाल अधिकारकर्मी पुर्पक्षका लागि थुनामा !


विराटनगर । अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका नेपालका एक बाल अधिकारकर्मी पुर्पक्षका लागि थुनामा गएका छन् । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष समेत रहेका ५० वर्षीय राजेन्द्र ढकाललाई जिल्ला अदालत मोरङले अप्राकृतिक मैथुन मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालतमा ढकालविरुद्ध दर्ता गराएको अप्राकृतिक मैथुन मुद्दामा सुनुवाई गर्दै न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप ढकालमाथी लागेको छ । पीडित भनिएका बालक विराटनगर महानगरपालिका–१२ मा अभिभावकसँग बस्दै आएका छन् ।

पीडित परिवारको किटानी जाहेरिका आधारमा भदौ १६ गते पक्राउ गरेर प्रहरीले ढकालमाथि अनुसन्धान अघि बढाएको थियो । एजुकेसन हेल्पलाइन मोरङका अध्यक्ष समेत रहेका ढकाल पूर्ण फैशला नआउँदासम्म हिरासतमै रहने भएका छन् । फैशलापछि अदालती निर्णय अनुसार जेल चलान वा धरोटीमा छुट्ने निश्चित हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ