Thursday, 26 December 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदुबईमा एक नेपालीले जिते ३४ करोडको चिठ्ठा, यस्तो छ अबको योजना !

दुबईमा एक नेपालीले जिते ३४ करोडको चिठ्ठा, यस्तो छ अबको योजना !


काठमाडौं । एक जना नेपाली युवकले दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा रोजगारीका क्रममा पुगेर केही वर्षदेखी कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बीकेले त्यहाँको चर्चित मजुज चिठ्ठा मार्फत दश मिलियन अर्थात् एक करोड दिरामको उक्त चिठ्ठा जितेका हुन ।

भरत यतिठूलो रासीको चिठ्ठा जित्ने पहिलो नेपाली रहको बताइएको छ । नेपालीले यति ठूलो रासीको चिठ्ठा जितेको खबरले गुल्मीस्थित बीकेको गाउँसँगै नेपालभर खुसीयाली छाएको छ । मजुजले साप्ताहिक रुपमा खुलाउने यो चिठ्ठा भरतले दुई वर्षदेखि काटिरहेको समेत खुलेको छ । यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत नभएका बीकेले भन्नुभएको छ ‘म त निकै खुसी छु’ शनिवार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’

भरतले आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न यो चिठ्ठाको रकम सदुपयोग गर्ने बताउनुभएको छ । आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने योजना रहेको बताइएको छ । ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि यो चिठ्ठाको रकम सदुपयोग गर्ने योजना बिकेले सुनाउनुभयो । पैसाले अहमता बढाउने भएपनि आफू चिठ्ठा जिते पनि कार नछाड्ने भरतको योजना छ । तीन वर्षअघि दुबई आएका भरत त्यसअघि वैदेशिक रोजगारीकै सिलसिलामा साउदी अरबमा पुग्नुभएको थियो ।

मजुजका सीईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीहरुले यसमा सहभागिता जनाउने गरेको जानकारी दिनुभयो । मजुजका अनुसार अहिलेसम्म करिब ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेका छन्, जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेको पाइएको छ ।

मजुजले निकालेको यो विज्ञप्ती हेरौँ :

United Arab Emirates, Dubai, 21 September 2022: At the 94th weekly live Mahzooz draw, fortune drastically changed a 31-year-old Nepalese expat’s life as well as his title from that of a car washman to a multi-millionaire, overnight. With this latest win, Mahzooz, the UAE’s leading weekly draw that has given away more than AED 280,000,000 in prize money, would be celebrating its 28th millionaire, six of whom, were crowned this summer, between June and September.

“We have been seeing an unprecedent enthusiasm among the Nepalese community to regularly participate in Mahzooz in the hope of joining the league of winners. So far, over 3,200 lucky Nepalese participants have been among Mahzooz winners, 28 of which have scored the first and second prizes,” says Farid Samji, CEO of EWINGS, operator of Mahzooz at the press conference held to announce the latest winner.

Bharat, a Nepalese expat who has been working as a car washman at a private Dubai-based company scooped the top prize of AED 10,000,000 after matching five out of the five winning numbers which were 16, 27, 31, 37, 42. A father of two earning just about AED 1,300 a month and not even having a bank account to his name, now has the distinction of being the first Nepalese multi-millionaire to ever win such a massive prize, which is equivalent to over 345,000,000 Nepalese Rupees.

“The excitement is overwhelming. As I watched the live draw on Saturday night, I checked my numbers on the screen. It was impossible for me to sleep after that!” exclaims the family man.

Although he will receive an incredible amount of money, Bharat remains extremely humble, insisting that all he wants is to provide his family with a good life. “I am looking forward to paying off my mortgages and other bills as soon as possible”, he said. “It’s important for me to set up the future of my two children aged 5 and 3 years old. This would be an incredible thing to be able to accomplish. This prize will enable me to achieve so much. It will change the lives of so many people!“. Since Mahzooz started two years ago, Bharat has participated fervently without giving up hope that he would win one day.

The 94th weekly live Mahzooz draw also saw 41 winners share the second prize of AED 1,000,000 and 1,174 winners bag the third prize of AED 350 each. Additionally, three winners took home AED 300,000 in the raffle draw which features three guaranteed winners every week. The total prize money won in the 94th draw was AED 11,719,900.

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ