Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेन, सिड्नी,तास्मानिया र पर्थमा यसरी हुँदैछ नेपाल चिनाउने अभियान !

ब्रिजबेन, सिड्नी,तास्मानिया र पर्थमा यसरी हुँदैछ नेपाल चिनाउने अभियान !


ब्रिजबेन, काठमाडौं । एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम अन्तरगत हरेक राज्यमा वर्षेनी नेपाल फेस्टिभल आयोजना हुँदैआएको छ । नेपाली भाषा, कला, संस्कृति, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवर्द्धन गर्ने उद्धेश्यले हरेक दुई वर्षमा फेस्टिबल आयोजना हुँदै आएको हो ।

डार्बिनमा जुन ५ मै नेपाल फेस्टिभल भब्यताका साथ सम्पन्न गरिएको छ । स्टेजमा रविन एण्ड रेभ्यलुसनको कन्सर्टअघि डार्विनका प्रतिभाहरुले विभिन्न गीत, संगति र नृत्यका साथ आफ्नो प्रस्तुति दिदा महोत्सबमा छुट्टै रोनकता छाएको थियो ।

यता, साउथ अष्ट्रेलियाको मेलबर्नस्थित फेडेरेशन स्क्वायरमा समेत सेप्टेम्बर १० मै भब्य रुपमा नेपाल फेस्टिभल सम्पन्न गरिएको छ । यहाँ समेत नेपाली भाषा, कला, संस्कृति, पर्यटन र नेपालीपनलाई प्रबर्धन गराउने उद्देश्यले विभिन्न कार्यक्रमहरु गरिएका छन् । फेस्टिभलमा लोक दोहोरी गायक बद्री पंगेनी, गायिका एलिना चौहान र व्याण्ड कववेभले दमदार प्रस्तुति, नेपाली कला संस्कृतिको पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम र गायन, नृत्यले सहभागि सबैको ध्यान तानेको थियो ।

अन्य राज्यमा भने समय र स्थान तय गरेर भब्य तयारी भैरहेको छ । अष्ट्रेलियाका कुन कुन राज्यमा कहिले र कहाँ हुँदैछ त नेपाल फेस्टिभलको आयोजना ? यो हेरौँ ।

तास्मानिया राज्य
‘नेपाल फेस्टिभल तास्मानिया २०२२’को आयोजना नोभेम्बर ६ तारिखमा फ्र्यांकलिन स्क्वायर होबर्टमा हुँदैछ । भब्य सांस्कृतिक कार्यक्रम र नेपाली भाषा, कला र संस्कृतिको प्रदर्शनी तथा प्रबर्धन हुने यो फेस्टिभलको मुख्य प्रायोजन केबिए ग्लोबल एजुकेसन एन्ड माइग्रेसन र आरजिआइटी अस्ट्रेलियाले संयुक्त रूपमा गरेका छन् ।

न्यु साउथ वेल्स राज्य
न्यूसाउथ वेल्सस्थित सिड्नीको बरउडपार्कमा आगामी नोभेम्बर १९ मा नेपाल महोत्सव आयोजना हुँदैछ । सधैं शहरको मुख्य केन्द्र डार्लिङ हार्वरमा आयोजना हुँदै आएको ‘सिड्नी नेपाल महोत्सव’ यस पटक फरक र अलग पहिचानका साथ शहरवाट थोरै बाहिर बरउड पार्कमा आयोजना गर्न लागिएको एनआरएन एनएसडब्लु संयोजक देव गुरूङले जानकारी दिनुभएको छ । कार्यक्रमको मुख्य प्रायोजकका रूपमा क्वीन्सफोर्ड कलेजले अग्रसरता देखाएको छ । सांगितिक कार्यक्रमसँगै नेपाली भेषभुषा, भाषा, कला, संस्कृति र पर्यटन प्रवर्धन महोत्सबका प्राथमिकतामा परेका छन् ।

वेस्टन अष्ट्रेलिया
वेस्टन अष्ट्रेलियाको पर्थमा हरेक दुई वर्षमा आयोजना गरिने नेपाल फेस्टिभलको आयोजनाको मिति र स्थान तय गरेर तयारीलाई तिब्रता दिइएको छ । नेपाल फेस्टिभल पर्थको मुख्य प्रयोजक एभरेष्ट ग्लोबल एजुकेशन भिजा रहेको छ । यहाँको महोत्सबलाई समेत सांगितिकसँगै सांस्कृतिक उत्सबका रुपमा भब्य बनाउनेगरि तयारी भैरहेको छ ।

क्विन्सल्याण्ड राज्य
क्विन्सल्याण्ड राज्यको ब्रिजबेनस्थित किंग जर्ज स्क्वायरमा नोभेम्बर १३ तारिख आइतबार नेपाल फेस्टिबलको आयोजना गरिदैछ । एक्सपर्ट एजुकेशन भिजा सर्भिस मुख्य प्रायोजक रहेको यो महोत्सब पनि अन्य राज्यमा जस्तै भब्य हुने बताइएको छ । नेपाली भाषा, कला, संस्कृति, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजित महोत्सबमा विभिन्न चिरपरिचित कलाकारको प्रस्तुतीका साथै नेपाली कला, संस्कृति, खानपानको प्रदर्शनी समेत गरिनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ