Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविद्यार्थीले अष्ट्रेलियामा ४० घण्टा बढी काम गर्न पाउने, कहिलेसम्म यस्तो छुट ?

विद्यार्थीले अष्ट्रेलियामा ४० घण्टा बढी काम गर्न पाउने, कहिलेसम्म यस्तो छुट ?


ब्रिजबेन । अष्ट्रेलियामा विद्यार्थी भिसामा अध्ययनरत नेपालीसहितका विद्यार्थीहरुले अर्थतन्त्रको कुनैपनि क्षेत्रमा ४० घण्टा भन्दा बढी काम गर्न पाउने भएका छन् । श्रमशक्ति अभावलाई सम्बोधन गर्ने उद्देश्यले विद्यार्थी भिसाको कार्य घण्टा प्रतिबन्ध अस्थायी रूपमा २०२३ जुन ३० सम्म हटाइएको हो ।

अब सन् २०२३ जुनसम्म अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी, नयाँ आउने विद्यार्थीसँगै माध्यमिक आवेदकहरूले अर्थतन्त्रको कुनै पनि क्षेत्रमा ४० घण्टाभन्दा बढी काम गर्न छुट पाउनेछन् । अध्ययनको अघि पनि काम गर्न पाइने भएको छ । तोकिएको समयपछि भने विद्यार्थी भिसा बाहकमाथीको काममा लगाइने प्रतिबन्ध यथावत हुने बताइएको छ । यसरी जुनकुनै क्षेत्रमा ४० घण्टा बढी काम गर्ने छुट दिइएको भएपनि विद्यार्थीहरूले कामको अधिकार लगायत भिसाका सर्तहरूमा भने सचेत गराइएको छ । अध्ययनका क्रममा अनुपस्थित हुन, शैक्षिक गुणस्तरमा ह्रास ल्याउने गतिबिधि भने गर्न पाइनेछैन । विद्यार्थी भिसामा रहेकाहरुले कक्षामा उपस्थित हुन छोड्ने, पाठ्यक्रम अनुसारको प्रगतिमा ह्रास आउने लगायतका भिसा सर्तहरूको उल्लङ्घन गरेमा भने कारबाहीको सामना गर्नुपर्नेछ ।

यता, विद्यार्थीलाई ४० घण्टाभन्दा बढी काममा लगाउन छुट दिएको सरकारले रोजगारदाताहरूलाई समेत सचेत गराएको छ । विदेशी कामदारहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहित अष्ट्रेलियाको कार्यस्थल कानून अन्तर्गत सबै कर्मचारीहरूलाई समान अधिकार र सेवासुविधाको प्रत्याभुत गराउन भनिएको छ । परिवर्तित व्यवस्था अनुसार माइग्रेसन ऐन १९५८ को s116(1)(b) मा रहेको प्रत्येक पन्ध्र दिनमा ४० घण्टा भन्दा बढी काम गर्ने विद्यार्थीहरूको भिसा रद्द नगरिने भएपनि माइग्रेसन ऐन १९५८ को s235 र s245AC अन्तर्गतको व्यवस्थाको खिलापमा नजान सचेत गराइएको छ । विद्यार्थी भिसा धारकलाई उनीहरूको भिसा सर्तहरूको उल्लङ्घन हुनेगरि काम गर्न अनुमति नदिन भनिएको छ ।

यस्तो छ सरकारले निकालेको विज्ञप्ती :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ