Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा अक्टोबर १ बाट न्यूनतम ज्याला बढ्दै, अब पाइन्छ प्रतिघण्टा २१.३८ डलर !

अष्ट्रेलियामा अक्टोबर १ बाट न्यूनतम ज्याला बढ्दै, अब पाइन्छ प्रतिघण्टा २१.३८ डलर !


ब्रिजबेन । अष्ट्रेलियामा सन् २०२२ अक्टोबर १ बाट न्यूनतम ज्याला वृद्धि हुने भएको छ । उड्डयन, पर्यटन र आतिथ्य क्षेत्रका कार्यरत श्रमिकलाई बढी लक्षित गर्दै वयस्कहरुको न्यूनतम ज्याला प्रति हप्ता ५ दशमलब २ प्रतिशतको बृद्धी हुने भएको हो ।

अक्टोबर एकबाट राष्ट्रिय न्यूनतम ज्याला प्रति हप्ता ४० डलरले बृद्धी हुनेछ । जुन यसअघिको भन्दा जुन ५ दशमलब २ प्रतिशतले बढी हुनेछ । हप्तामा ८६९ दशमलब ६० डलर भन्दा बढी तलब हुनेहरुको हकमा ४ दशमलब ६ प्रतिशत र हप्तामा ८६९ दशमलब ६० डलर भन्दा कम तलब हुनेहरुको हकमा साप्ताहिक रुपमा ४० डलरको तलबबृद्धी हुने बताइएको छ ।

अक्टोबर १ बाट अब नयाँ राष्ट्रिय न्यूनतम ज्याला प्रति हप्ता ८१२ दशमलब ६० डलर अर्थात प्रति घण्टा २१ दशमलब ३८ डलर पुग्नेभएको छ । पूर्णकालिन कर्मचारीले हप्तामा ३८ घण्टासम्म काम गर्नुपर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ