Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaछिट्टै नेपाल आउने क्रिकेटर लामिछानेको बचन, अपराधिका रुपमा चित्रण नगर्न आग्रह !

छिट्टै नेपाल आउने क्रिकेटर लामिछानेको बचन, अपराधिका रुपमा चित्रण नगर्न आग्रह !


काठमाडौं । नाबालिक बलात्कारको उजूरीसँगै प्रहरीको खोजीमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको प्रतिवादमा लाग्ने बताउनुभएको छ । आफू मानसिकरुपमा विक्षिप्त र अस्वस्थ भएर आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत गराउँदै क्रिकेटर लामिछानेले नेपाल फर्किने तयारीमा रहेको समेत जानकारी गराउनुभएको हो ।

आफू रहेको स्थान बारे भने क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमा लेखेको स्टाटसमा खुलाएका छैनन । कसुर प्रमाणित नभइकन आफूलाई अपराधिका रुपमा चित्रण गरिएकोमा गुनासोसमेत लामिछानेले गर्नुभएको छ । झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आएकोप्रति लक्षित गर्दै लामिछानेले लेख्नुभएको छ,– ‘मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन, झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ । जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु, मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ । साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धी हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छु,’

क्रिकेटर सन्दिपले आफूमाथी सुनियोजित षड्यन्त्र भएको दाबी गर्दै सबै षड्यन्त्र चिर्नेगरि अघि बढ्ने खुलाशा गर्नुभएको छ । आफूमाथी लाग्दैआएका सबै आरोपलाई निराधार रहेको दाबी गर्नुभएका लामिछानेले छिट्टै नेपाल फर्किने बताएपनि मिति खुलाउनुभएको छैन ।

क्रिकेटर लामिछानेले लेखेको फेसबुक स्ट्याटस यस्तो छ :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ