Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआजबाट नेपालीहरुको महान चाड दशै सुरु, अष्ट्रेलियामा यस्तो छ साईत

आजबाट नेपालीहरुको महान चाड दशै सुरु, अष्ट्रेलियामा यस्तो छ साईत


काठमाडौं । घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरेर यसवर्षको दशैँ आजबाट सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेटमा रहेको जानकारी दिएको छ ।

बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । आजदेखि नवरात्र सुरु हुन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाएर मान्यजनका हातबाट आशिर्वाद लिने गरिन्छ । दशैलाई देश विदेशमा रहेका हिन्दु नेपालीहरुले उत्साह र उमंगका साथ बनाउँदैआएका छन् ।

अष्ट्रेलियामा राज्यअनुसार घटस्थापनाको साईत
सिड्नी – विहान ७ः ५३
मेलवर्न – विहान ७ः ५९
ब्रिजबेन – विहान ७ः ४८
एडीलेट – विहान ७: २३
क्यानबेरा – विहान ७ : ५३
तास्मानिया – विहान ७ : ३८
पर्थ – विहान ६ : ४४
डार्वीन – विहान ८ : १६

यस्तो छ राज्यअनुसार टिकाको साइत
सिड्नी – विहान १०ः ४१
मेलवर्न – विहान १०ः ५५
ब्रिजबेन – विहान ११ः ०५
एडीलेट – विहान ११ : २५
क्यानबेरा – विहान १० : ५६
तास्मानिया – विहान १० : २१
पर्थ – विहान ११ : २७
डार्वीन – विहान १० : ०६



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ