Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअप्टसको डाटा चोरीको शिकार हुनुहुन्छ, यसरी परिवर्तन गर्नुहोस लाइसेन्स !

अप्टसको डाटा चोरीको शिकार हुनुहुन्छ, यसरी परिवर्तन गर्नुहोस लाइसेन्स !


ब्रिजबेन । अष्ट्रेलियाको टेलिकम्युनिकेसन कम्पनी अप्टसको सिस्टम ह्याक गरेर करिब १ करोड वर्तमान र पूर्व ग्राहकहरूको डाटा पहुँच कब्जा गरिएसँगै सवारी चालक अनुमती पत्र र राहदानीलाई कसरी सुरक्षित बनाउने बहस सुरु भएको छ । विभिन्न राज्य सरकारहरूले आफ्नो ड्राइभर इजाजतपत्र बदल्न चाहनेहरुका लागि सहयोग गर्ने भन्दै कतै सिमित शुल्क र कतै निःशुल्क सहयोगको सूचना जारी गरेका छन् ।

अप्टसको सिस्टम ह्याकमा परेका सवारी चालक अनुमति पत्र प्रतिस्थापनका लागि क्यानबेरा, न्यु साउथ वेल्स, तास्मानिया राज्यले शुल्क तोकेपनि क्वीन्सल्याण्ड,साउथ अष्ट्रेलिया, भिक्टोरिया र वेस्टर्न अष्ट्रेलियाले निशुल्क सेवा दिने बताएका छन् ।

अष्ट्रेलियन क्यापिटल रेरिटोरी (क्यानबेरा)को हकमा
क्यानबेरा सरकारले आफ्नो नम्बर र कार्ड नम्बर दुवै सम्झौता भएकाहरूका लागि प्रतिस्थापन चालक लाइसेन्स कार्डहरू जारी गर्ने काम गरिरहेको छ । प्रतिस्थापन लाइसेन्सको शुल्क ४२.६० डलर तोकिएको छ । अहिले सवारी चालकले शुल्क ब्यहोरेमा पछि अप्टरमार्फत फिर्ता दिलाईने बताइएको छ । प्रभावित ग्राहकहरूलाई एक तीन दुई दुई आठ एकमा फोन गरेर विवरण अभिलेख गर्न आग्रह गरेको क्यानबेरा सरकारले एक साताभित्र अप्टसले सम्पर्क नगरेकाको हकमा लाईसेन्स नम्बर प्रतिस्थापन जरुरी नहुने जानकारि गराएको छ ।

न्यु साउथ वेल्सका लागि
तपाईंसँग न्यु साउथ वेल्स सरकारबाट जारि गरिएको चालक अनुमतिपत्र छ भने, नयाँको लागि आवेदन दिन सक्नुहुन्छ । डिजिटल इजाजतपत्र छ भने प्रतिस्थापन शुल्क बापत २९ डलर तिरेपछि तुरुन्तै जारी गरिएको अन्तरिम कार्ड नम्बर प्राप्त हुनेछ । १० दिनभित्र नयाँ इजाजत पत्र दिइने बताइएको छ । अहिलेको प्रतिस्थापन शुल्क अप्टसमार्फत परिपूर्ति गराउने भनिएको छ ।

क्वीन्सल्याण्ड राज्यका लागि
क्वीन्सल्यान्डका नागरिकलाई सुविधा दिन भन्दै अप्टसमार्फत आईडी जानकारी सम्झौता गरिएको छ । यातायात र मुख्य सडक विभाग द्वारा निः शुल्क नयाँ प्रतिस्थापन लाइसेन्स उपलब्ध गराउने भन्दै लाइसेन्स नम्बर परिपवर्तनका आगि आवेदन आह्वान गरिएको छ ।

साउथ अस्ट्रेलियाका लागि
अप्टसको डाटा ह्याकमा परेकाहरुले प्रतिस्थापन चालक अनुमतिपत्र प्राप्त गर्न दक्षिण अष्ट्रेलियामा निः शुल्क सेवा पाउने छन् । प्रतिस्थापन कार्ड खोज्नेहरुलाई अप्टस मार्फत उपलब्ध कागजातहरू सहित यसको केन्द्रहरू मध्ये एकमा उपस्थित हुन सल्लाह दिइएको छ । लाइसेन्स नम्बर परिवर्तन भएपछि, नयाँ ड्राइभर लाइसेन्स कार्ड उत्पादन गरीसेवा साउथ अष्ट्रेलियाले वेबसाइटमा जानकारि गराउने उल्लेख गरेको छ ।

भिक्टोरियाका लागि
भिक्टोरियन चालकहरूलाई पनि सरकारले लाइसेन्स उल्लङ्घन भएको बारे यातायात विभागमा रिपोर्ट गर्न आग्रह गरेको छ । डाटा उल्लंङ्घन गरिएकाहरुको सवारि चालक अनुमति पत्र प्रतिस्थापनका लागि भीआईसी रोड्सलाई सम्पर्क गर्न भनिएको छ । रोड विभागले डाटा चोरिका कारण प्रतिस्थापन गर्न लागिएको नयाँ इजाजतपत्र निशुल्क उपलब्ध हुने जानकारि दिएको छ ।

तस्मानियाका हकमा
तस्मानिया सरकारले वेबसाइट मार्फत डाटा चोरी भएकाहरुको हकमा नयाँ इजाजतपत्र व्यवस्थित गर्नका लागि तस्मानिया सम्पर्क केन्द्रमा सम्पर्क गर्न भनिएको छ । अप्टसको डाटा ह्याकमा परेकाहरुका हकमा नयाँ इजाजतपत्र नम्बर र प्रतिस्थापन लाइसेन्स कार्डको व्यवस्थाका लागि आह्वान गरेको सरकारले प्रतिस्थापन सुल्क बापत ११ डलर तोकेको छ ।

वेष्टर्न अस्ट्रेलियाका हकमा
यातायात मन्त्री रीता सफिओटीले नयाँ चालक अनुमतिपत्रहरू, नयाँ इजाजतपत्र र कार्ड नम्बरहरू सहित, ओप्टस डाटा उल्लंघनबाट प्रभावित पश्चिमी अष्ट्रेलियालीहरूलाई निःशुल्क प्रतिस्थापन सेवा उपलब्ध हुने बताउनुभएको छ । आफ्नो अप्टस डाटा उल्लंघन सूचनाको प्रतिलिपि, प्राथमिक र माध्यमिक पहिचानको फारमको साथ यातायात चालक र सवारी सेवा केन्द्रको विभागमा उपस्थित हुनु भनिएको छ ।

नर्दन अष्ट्रेलिया
नर्दन सरकारले राज्यका करिब २० हजार चालकको डाटा चोरी भएको जानकारि दिएको छ । पीडितहरूलाई अप्टसमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ । नर्दन राज्यमा जालसाजीमार्फत चोरी भएमा सवारी चालक डाटाका पीडितलाई उचित सहयोग गर्ने बताइएको छ । शुल्क लाग्ने नलाग्ने बारे भने केही खुलाइएको छैन ।

डाटा चोरीमा परेका पासपोर्टको हकमा के हुन्छ ?
अप्टसले राहदानी नम्बरहरूसहितका डाटाहरु चोरि भएको बारे जानकारि गराएपनि राज्य सरकारले सुरक्षित रहेको जानकारि दिएको छ । विदेश मामिला र व्यापार विभागका प्रवक्ताले डाटा चोरी भएपनि अष्ट्रेलियाली राहदानीहरू यात्राको लागि प्रयोग गर्न सुरक्षित हुने जानकारि दिनुभएको छ । राहदानी सुरक्षित भएपनि ओप्टस डाटा उल्लंघनको चिन्तामा रहेकाहरु कुनै पनि समयमा आफ्नो राहदानी प्रतिस्थापन गर्न, एक राहदानी रद्द गर्न वा नयाँका लागि आवेदन दिन खुला रहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ