Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसन्दिप लामिछानेले गरे प्रहरीमा आत्मसमर्पण

सन्दिप लामिछानेले गरे प्रहरीमा आत्मसमर्पण


काठमाडौं/बलात्कारको आरोप खेपेका क्रिकेटर सन्दिप लामिछाने प्रहरी नियन्त्रणमा परेका छन् । स्थानिय समय अनुसार आज बिहान केही बेर अघि सन्दिप काठमाडौं विमानस्थलमा उत्रिएर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।
एक महिना अघि गत भदौ २१ मा एक १७ वर्षिय युवतीले सन्दिप विरुद्ध जबरजस्ती करणीको उजुरी दिएका थिए ।

क्रिकेट खेल्न विदेशमै रहेका सन्दिप त्यसयता सम्पर्क बिहिन थिए । त्यस यता समाजिक सञ्जालमा स्टाटस लेख्दै सन्दिपले आफु निर्दोष रहेको दाबी गर्दै आएका छन् । यसअघि नै उनले दशैंको टिकाको भोलिपल्ट नेपाल आएर प्रशासनमा आत्मसमर्पण गर्ने घोषणा गरेका थिए । आज बिहान फेसबुकमा स्टाटस लेख्दै सन्दिपले सुरक्षाको कारणले आफ्ना वकिल सरोज कृष्ण घिमिरेको उपस्थितीमा मात्र आफुलाई नियन्त्रणमा लिन प्रशासन समक्ष अनुरोध समेत गरेका थिए ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ