नेपाली पत्रकारको सम्मेलन होबार्टमा हुदै, सबैलाई निम्तो
होबार्ट/ अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुको दोस्रो सम्मेलन तास्मानियाको होर्बाटमा हुने भएको छ । आउदो नोभेम्बर ४ र ५ तारिखमा अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसियसनको दोस्रो साधारण सभा हुन लागेको हो । होबार्टको भाइभस् होटलमा ५ नोभेम्बरमा साधारण सभा हुने तय भएको छ । भने एक दिन अघि ४ नोभेम्बरमा संसद भवनको भ्रमण र द चोकमा रात्री भोजको आयोजना हुने कार्यक्रम छ ।
तास्मानियामा साधारण सभा आयोजना गर्नका लागि पत्रकारहरु छत्र शंकर र खगेन्द्र सत्याल सक्रिय भएका छन् । कार्यक्रमको सबै तयारी अन्तिम चरणमा पुगेको र राज्य राज्यबाट आउने पत्रकार र पाहुनालाई स्वागत गर्न आतुर रहेको सत्यालले बताउनुभयो ।
साधारण सभाको खुल्ला सत्रमा तास्मानियाका समाजिक व्यक्तित्वहरुलाई निम्तो दिइएको छ । एन्जाले जारी गरेको सुचना अनुसार खुल्ला सत्रमा सांस्कृतिक कार्यक्रम समेत हुनेछ ।
साधारण सभाले दुइ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । सन् २०१९ मा सिड्नीको अर्बनमा एन्जाको गठन भएको थियो । त्यसको एक वर्षपछि साउथ अष्ट्रेलियाको एडिलेडमा भएको पहिलो साधारण सभाले हेमन्त काफ्ले र ऋषि आचार्यको नेतृत्वमा एन्जाको कार्यसमिति चयन भएको थियो । एन्जाले अष्ट्रेलियामा कार्यरत नेपाली पत्रकारहरुको हकहितमा काम गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया