Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यू साउथ वेल्समा नेपाली लाइसेन्सले गाडी चलाउन नपाइने नै हो ? यस्तो छ भ्रम र यथार्थ !

न्यू साउथ वेल्समा नेपाली लाइसेन्सले गाडी चलाउन नपाइने नै हो ? यस्तो छ भ्रम र यथार्थ !


ब्रिजबेन । अष्ट्रेलियाको न्यू साउथ वेल्समा नेपाली लाइसेन्स रहेका विद्यार्थी र अस्थायी भिसा बाहकले सवारी साधन चलाउन कुनै बन्देज नभएको न्यू साउथ वेल्स सरकारले जानकारी दिएको छ । न्यू साउथ वेल्स सर्भिस सेन्टरका अनुसार नोभेम्बर १ देखी नेपाली लाइसेन्ससहित अन्य अन्तर्राष्ट्रिय लाइसेन्सले बढीमा ३ महिना सवारि साधन चलाउन पाइने गरि कानुन संशोधन गर्ने प्रक्रिया अघि बढाइएको भएपनि अझै कानुनी प्रक्रिया पुरा नभएको हो ।

इन्टरनेश्नल सवारी लाइसेन्स बोकेका चालकले दुर्घटना बढाएको रिपोर्टपछि राज्य सरकारले कानुन संशोधनको प्रक्रिया अघि बढाएको भएपनि प्रक्रिया पुरा भएको छैन । अन्तर्राष्ट्रिय लाइसेन्स बाहकले बढी दुर्घटना गराएसँगै यस्ता चालक अनुमती पत्र बोक्नेहरुलाई तीन महिना बढी सवारिसाधन चलाउन दिन नहुने आवाज समेत उठेको थियो । २०२० को नोभेम्बर २९ मा न्यु साउथ वेल्सको हन्टर क्षेत्रको रोडमा नाइजेरियाको लाईसेन्सबाहक चालकले गराएको दुर्घटनाबाट एक स्थानीयको मृत्यु भएपछि कानुन संशोधनको दबाब सरकारमाथी परेको हो । पीआर, अष्ट्रेलियाको नागरिकता लिएको खण्डमा भने तीन महिनाभित्र लाइसेन्स कन्भर्ट गर्नुपर्ने नियम न्यू साउथ वेल्स राज्यमा छ ।

नेपाली र अष्ट्रेलियन सडक नियम फरक–फरक हुने भएकाले कानुनी व्यवस्था र अन्तिम मिति कुर्ने भन्दा पनि यथासक्य छिटो स्थानीय लाइसेन्स लिने प्रक्रिया थाल्न लामो समयदेखी अष्ट्रेलियामा क्रियाशिल सञ्चारकर्मी सरल गुरुङले सुझाब दिनुभएको छ । तपाई अस्थायी भीसा र विद्यार्थी भिसामा हुनुहुन्छ भने सकभर समय कुरेर बस्ने भन्दा स्थानीय राज्यको नियम अनुसारको लाइसेन्स लिएर ढुक्क भएर बस्न र सुविधा लिन विज्ञहरुले समेत सुझब दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ