Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनोभेम्बर १३ मा ब्रिजबेनमै देख्न पाइनेछ सिंगो नेपाल, एनआरएन राज्य संयोजकले बताए यस्तो !

नोभेम्बर १३ मा ब्रिजबेनमै देख्न पाइनेछ सिंगो नेपाल, एनआरएन राज्य संयोजकले बताए यस्तो !


ब्रिजबेन । एनआरएनए अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम अन्तरगत केही वर्षदेखी हरेक राज्यमा नेपाल फेस्टिभल आयोजना हुनेगरेको छ । नेपालको भेषभुष, कला, संस्कृति र खानपानको प्रचारप्रसार एवंम प्रबर्धन गर्ने उद्देश्यसहित यहि नोभेम्बर १३ तारिखमा क्वीन्सल्याण्ड राज्यको ब्रिजबेनमा समेत नेपाल फेस्टिभल आयोजना गरिदैछ ।

किंग जर्ज स्क्वायरमा हुने नेपाल फेस्टिबलको मुख्य प्रायोजकका रुपमा एक्सपर्ट एजुकेशन भिजा सर्भिस रहेको छ । योसँगै विभिन्न व्यवसायी र सिंगो नेपाली समूदायको सक्रियतामा फेस्टिभललाई भब्य बनाइदैछ । नेपाली भाषा, कला, संस्कृति, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजित महोत्सबमा विभिन्न चिरपरिचित कलाकारको प्रस्तुतीका साथै नेपाली कला, संस्कृति, खानपानको प्रदर्शनी हुने एनआरएनए अष्ट्रेलियाका प्रवक्ता उमेश खड्काले जानकारि दिनुभयो ।

फेस्टिभलको मिति नजिकिदैगर्दा तयारी के कस्तो भैरहेको छ ? नेपाल फेस्टिभलको उद्देश्य के हो ? भन्ने बिषयमा केन्द्रीत रहेर एनआरएनए क्वीन्सल्यण्डका संयोजक विनोदभक्त आचार्यसँग नेपाल ट्युबका अष्ट्रेलिया सम्पादक सरल गुरुङले गरेको संवादको सम्पादित अंश प्रस्तुत छ :

नेपाल फेस्टिभल ब्रिजबेन २०२२ को तयारी कस्तो हुँदैछ ?
स्टलको तयारी करिब करिब अन्तिम चरणमा छ । परेड, सांस्कृतिक कार्यक्रमको पूर्वतयारी रेलसन समेत पुरा गरिएका छन् । अब फेस्टिभलको दिनको प्रतिक्षा मात्रै बाँकी छ भन्दा हुन्छ ।

के कतिको सहभागिता हुने अपेक्षा गर्नुभएको छ ? कुन—कुन पाहुँनाहरु आउदैछन् ?
१० हजारभन्दा माथीको सहभागिता नेपाल फेस्टिभलमा हुने अपेक्षा गरिएको छ । नेपाली समूदायको बाक्लो उपस्थिति हुने, कला, संस्कृति, भेषभुषा, खानपान र सांगितिक कार्यक्रम समेतको मनोरञ्जन हेर्न क्वीन्सल्याण्डका डेपुटी प्रिमियर, मल्टिकल्चरल एफेयर मिनिस्टर, स्थायीय अधिकारीसँगै नेपालका लागि अष्ट्रेलियाका राजदूत लगायतको उपस्थिति हुनेछ ।

किन अष्ट्रेलियामा नेपाल फेस्टिभल आवश्यक छ ?
विशेष त अष्ट्रेलियामा रहेका नेपाली समूदायलाई गोलबन्द गराउनु यस्ता फेस्टिभलको मुख्य उद्देश्य हो । अर्कोतर्फ नेपाली समूदायको भाषा, संस्कृति, रहनसहन, संस्कृति, भेषभुषा, खानपानलाई जोगाउँदै प्रबर्धन गर्न गराउन समेत फेस्टिभललाई निरन्तरता दिने गरिएको छ । खासमा नेपाल फेस्टिभल नेपाल चिनाउने एउटा बृहत्त अभियान हो ।

अन्त्यमा केही भन्नैपर्ने कुरा केही छ ?
यो महोत्सब एनआरएनए अष्ट्रेलियाको अभियान मात्रै नभएर तपाई हामी नेपालीको साझा अभियान हो । बर्षमा एकदिन नेपाल चिनाउने, सिंगो नेपाल अष्ट्रेलियामै देखाउने ऐतिहासिक अवशरको सदुपयोग गरौँ । सबैको सहभागिताका लागि हार्दिक आह्वान गर्दछु ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ