Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकाठमाडौंको केएमसी अस्पतालमा १६ दिनदेखी आन्दोलन, कारण यस्तो !

काठमाडौंको केएमसी अस्पतालमा १६ दिनदेखी आन्दोलन, कारण यस्तो !


काठमाडौ । सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालको लापरबाहीले बिरामीको निधन भएको दाबी गर्दै १६ दिनदेखी परिवारले अस्पताल परिसरमा धर्ना दिएका छन् ।

४८ वर्षिया शैलेन्द्र विद्याधरको उपचारमा लापरवाहीका कारण निधन भएको परिवारको दाबी छ । क्षतीपूर्तीको माग र आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धताको माग राखेर प्रदर्शन भईरहेको हो । मृतकका आफन्त र संघर्ष समितिको मागमा बेमतलबी देखिएको अस्पताल प्रशासनले घटना बारे सञ्चारकर्मीलाई जवाफ दिन समेत आवश्यक ठानिरहेको छैन । अस्पतालमा सम्पर्क गरेर प्रतिक्रिया लिन खोज्दा जिम्मेवार अधिकारी कोही नभएको पछि फोन गर्नुहोला भन्दै पन्छाइने गरिएको छ ।

बिरामी विद्याधर सामान्य अवस्थामा हातखुट्टा कामेको र रिंगटा लागेको भन्दै उपचारका लागि असोज २३ गते नजिकै रहेको केएमसी अस्पतालसम्म आफैं हिडेर पुग्नुभएको मृतककी श्रीमती सुशीला विद्याधरले जानकारि दिनुभयो । भर्ना भएपछि गरिएको सिटी स्क्यान र एमआरआईमा मस्तिस्कमा सानो ट्युमर देखिएको र नाकबाट सामान्य अप्रेसनबाट झिक्नु पर्ने बताएका चिकित्सकले मुख्य नसा नै काटेर बिरामीको ज्यान गएको गरेको संघर्ष समितिका संयोजक ईन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।

चिकित्सक अमित थापाको लापरबाहीले नाकबाट रगत बग्ने र नथामिने अवस्था भएपछि काठमाडौंकै बाँसबारीस्थित न्यूरो अस्पतालमा रिफर गरिएको पछि सोही दिन न्यूरो अस्पतालले केएमसीमै फिर्ता पठाएको पीडित परिवारले जानकारि दिएका छन् । केएमसीले विद्याधरलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ बचाउन सकिन्छ भन्दै थप ७ लाख खर्च गराएर असोज ३० गते राती १० बजेको समयमा बिरामी बचाउन सकिएन भन्दै मृत घोषणा गरेको संघर्षसमितिका संयोजक श्रेष्ठले बताउनुभयो ।

अस्पतालले उचित क्षतिपूर्ति दिने र लापरबाहीमा संलग्न चिकित्सकलाई कारबाही नगर्दासम्म आन्दोलन जारी राख्ने संघर्षसमितिले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ